रत्ननगर वडा नं ७ लाई वडा स्तरीय फुटवलकाे उपाधि

रत्ननगर वडा नं ७ लाई वडा स्तरीय फुटवलकाे उपाधि

रत्ननगर वडा नं ७ लाई वडा स्तरीय फुटवलकाे उपाधि

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा आयाेजना गरेकाे वडा स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि वडा नं ७ ले जितेकाे छ । शुक्रबार नेपाल माविकाे खेल मैदानमा भएकाे फाइनल प्रतिस्पर्धामा वडा नं ८ लाई ०-१ गाेल अन्तरले पराजित गर्दै वडा नं ७ ले उपाधि जितेकाे हाे । पहिलो हाल्फमा कुशल श्रेष्ठले आकर्षक गोल गरेका थिए , खेलको अन्तिम सम्म पनि अर्को गोल नहुदा सोहि गोल निर्णायक बनेको थियो । प्रतियाेगिताकाे विजेता वडा नं ७ लाई ५५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता वडा नं ८ लाई ३० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । रत्ननगर…
Read More
रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु

रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको छ । माधवपुर माविमा सञ्चालन हुने सो कक्षामा ३५ जनाको सहभागिता रहेको छ । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँ र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले सयुक्त रुपमा उद्घाटन गरेका थिए । रत्ननगरका युवाहरुलाई सरकारी सेवामा रोजगारी र्सिजना गर्ने उद्देश्यले लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु गरिएको वडाध्यक्ष तामाङले बताए । लोकसेवा तयारी कक्षा सुरु गर्नुको उद्देश्य धेरै…
Read More
भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी,१८ असोज । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नारायणीपारि सुस्तागाउँ डुुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो । सुुस्तालाई नेपालबाट टुक्र्याउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्यायले दाबी गर्नुभयो । उहाँका अनुसार सुस्तालाई भारतले तीनतिरबाट घेरेको छ । भारतले आफ्नो क्षेत्रका नदीमा तटबन्ध नगर्दा बर्सेनि सुस्ता गाउँ डुबान पर्ने गरेको अध्यक्ष उपाध्यायले स्पष्ट पार्नुभयो । अविरल वर्षा हुुँदा नरायणी नदीको पानी सुस्ता गाउँमा पसेपछि सुस्ता डुबानमा परेको हो । भारतले…
Read More
आज २०८१ साल असोज १८ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज १८ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

चितवन, १८ असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आस्था बढेर जानेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । कर्कट…
Read More
शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा वडा दसैंको अबसरमा सामुहिक दुर्गा पुजा समारोह सूरु भएको छ । शान्तिज्योति युवा समाजको आयोजना गरेको पुजा समारोहको रत्ननगरका मेयर प्रदाल सापकोटाले उद्घाटन गरेका थिए । सोही अबसरमा धर्मसंस्कृति जोगाउन योगदान गरेका १०४ बर्षीय जितन महतो र ८० बर्षीय फडिन्द्रराज न्यौपानेलाई सम्मान गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । महतो र न्यौपानेलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाका संस्थापक अध्यक्ष कमल शर्मा भूषालले वडा दसैंको महिमा र दुर्गा पुजाको धार्मिक महत्वका बारेमा प्रकास पारेका…
Read More
नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना

नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना

काठमाडौँ, १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको…
Read More
नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

नवलपुर । दशै तिहार छट जस्ता चाडपर्व लक्षित गरी यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाउने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारी साधनमा हुन सक्ने लुटपाट, चोरीका साथै यात्रुहरु माथि हुन सक्ने दुव्र्यवहार र मनपरी भाडा असुली रोक्न प्रहरीले यात्रुवाहक वसमा एक जना महिला र एक जना पुरुष गरी २ जना प्रहरी सादा पोशाकमा खटाउने भएको बताए । उनले यसका लागि कम्तिमा १० जना प्रहरी छुट्याइएको र उनीहरुले नियमित सादा पोशाकमा बस भित्रै यात्रु बनेर बसेर गस्ती गर्ने बताए । नवलपुरको दाउन्नेदेखि गैडाकोटसम्म शंकास्पद लागेको बस वा…
Read More
खैरहनीमा होटल अनुगमन ,तीन वटा होटललाई कारबाही

खैरहनीमा होटल अनुगमन ,तीन वटा होटललाई कारबाही

असोज १५ गते । खैरहनी नगरपालिकाले मंगलबार नगर भित्रका होटलहरुको अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग हेटौंडाको प्राबिधिक सहयोगमा नगरपालिकाले वडा नम्बर ६ र ८ मा रहेका होटलहरुको अनुगमन गरेको हो । नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक कविता उप्रेतीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटा ,बिभागका कर्मचारी , उद्योग बाणिज्य संघ खैरहनिका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल , चितवन उद्योग संघ खैरहनी ईकाइ अध्यक्ष युवराज पाठक,नेपाल प्रहरी ,नगर प्रहरी ,पत्रकारहरुको उपस्थितिमा अनुगमन गरिएको थियो । ८ वटा होटल अनुगमन गरिएकोमा तीन वटा होटललाई कारबाही गरिएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत नविनराज रुवालिका अनुसार सरसफाइ र…
Read More
रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

रत्ननगर । चितवनमा नागरिकताको प्रमाणपत्रका लागि अनलाइनबाटै सिफारिस गर्ने सेवा बुधबारदेखि सुरू भएको छ । रत्ननगर नगरपालिका वडा नं १० वाट उक्त सेवा सुरु गरिएको हो । वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । रत्ननगर वडा नं १० जागृती टोल निवासी सिद्धान्त शर्माको जिल्लामै पहिलो पटक अनलाइनबाटै नागरिकताको सिफारिस गरी सेवा सुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी यादबले जानकारी दिए । वडा नं १० मा उद्घाटन भएपछि जिल्लाका ९८ वटै वडामा सेवा सुरु भएको उनले जनाकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटाले…
Read More
रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । ब्लड डोजर सोसाइटी चितवनको आयोजना तथा लड डोजर सोसाइटी रत्ननगर प्रस्तावित समितिको सहआयोजनामा भएको सो कार्यक्रममा दुई जना महिला सहित ३४ जनाले रक्तदान गरेका थिए । पछिल्लो समय चितवनमा बढ्दै गएको रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको हो । ब्लड डोजर सोसाइटी चितवनका चितवनका सचिव विपिन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकोटा, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त राना लगायतले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रमका लागि रत्नप्रिय क्लव, नेपाल बजार विक्री प्रतिनिधि संघ नारायणी क्षेत्रीय…
Read More