घाम–पानीबाट जोगिन भरतपुरमा जर्मन ह्याङ्गर, १५ हजार अट्ने संरचना
चितवन, असार ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटनस्थलमा चर्को घाम र सम्भावित वर्षाबाट जोगिन जर्मन ह्याङ्गर जडान गरिएको छ। भरतपुरको गेस्टहाउस चौरमा करिब ३० हजार स्क्वायर फिट क्षेत्रफलमा अस्थायी संरचना निर्माण गरिएको हो। मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार बीच भागमा २० फिट चौडाइ र ७५ फिट लम्बाइको मुख्य छानोयुक्त ह्याङ्गर राखिएको छ। दुवैतर्फ २० फिट लम्बाइ र ३० फिट चौडाइका सहायक संरचना जडान गरिएका छन्। यी संरचनाको उचाइ बीचमा २४ फिट र छेउछेउमा १४ फिट रहेको छ। उनले करिब १५ हजार जना अट्ने व्यवस्था गरिएको बताए। ह्याङ्गरभित्र महिला, ज्येष्ठ नागरिक तथा असहायका लागि करिब…