रत्ननगरको आबधिक योजना : सौराहाको पर्यटनलाई प्राथमिकता
रत्ननगर । रत्ननगर नगरपालिकाले कृषि र पशुपालनलाई सौराहाको पर्यटनसंग जोड्ने गरी आबधिक योजना निर्माण गरेको छ । पर्यटकीय सहर समुन्नत रत्ननगरको अबधारण आत्मसाथ गर्दै आर्थिक बर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि आवधिक योजना निर्माण गरिएको हो । आबधिक योजनामा दीर्घकालिन लक्ष्य प्राप्तीका सुचकहरु समावेश गरिएको छ । सेवा प्रदायक संस्था सिनर्जी इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्ट्स प्रा.लि.ले चार महिनामा निर्माण गरेको आबधिक योजना मंगलबार नगरपालिकालाई हस्तान्तरण गरेको हो । प्रा.लि.का प्रबन्ध रवि आचार्यले रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई हस्तान्तरण गरेका हुन् । आबधिक योजना हस्तान्तरण कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडाध्यक्षहरु सहित शाखाप्रमुखहरुको उपस्थिति रहेको थियो ।…