त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै
चितवन, भदौ १० – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सावधानी अपनाउन सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको उनले बताए । यस्तै,…