एमाले अध्यक्ष ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी

एमाले अध्यक्ष ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी

एमाले अध्यक्ष ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी

२३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ । ओलीलाई पत्र लेख्ने विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् । आयोगले बयान लिन ओलीसँग मात्र बाँकी छ । तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान सकेको आयोगले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको हो । अब तत्कालीन प्रधानमन्त्रीको पालो आएकाले कसरी अघि बढ्ने भन्नेमा प्रधानमन्त्रीसँग छलफल गरिएको आयोगका पदाधिकारीले बताए । ‘ओलीले आयोगलाई नै अस्वीकार गर्ने र बयान दिन नजाने अभिव्यक्ति पटक–पटक दिँदै आएकाले उनी आयोगमा उपस्थित नै नभए वा बयान दिन इन्कार गरे के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीसँग छलफल भयो,’ उनले भने । ती…
Read More
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा…
Read More
बर्दघाटको कजरिया टायल्समा दुई मजदुरको मृत्युपछि बिरोध प्रदर्शन

बर्दघाटको कजरिया टायल्समा दुई मजदुरको मृत्युपछि बिरोध प्रदर्शन

पश्चिम नवलपरासीको बर्दघाटमा दुई जना मजदुरको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका -१२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत एक भारतीय र एक नेपाली मजदुरको गए राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमारको मृत्यु भएको छ । उद्योगको ग्यास फायरमा सुतिरहेको अवस्थामा उनीहरु मृत अवस्थामा फेला परेका थिए । यस्तै, समयमा जानकारी नदिइएको र घटना शंकास्पद भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका थिए ।
Read More
नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए । कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् । नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर जारी छ । उहाँले भन्नुभयो, “फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभई मुलुक बाहिरसम्म पनि भइरहेको छ । कानुनअनुसार सबै फरार कैदीबन्दीलाई कारागार फर्काउने अभियानमा हामी…
Read More
एमालेको समानुपातिकको बन्दसूचीमा चितवनका चार जना समावेश

एमालेको समानुपातिकको बन्दसूचीमा चितवनका चार जना समावेश

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचिमा चितवनका चार जना समावेश भएका छन् । सोमबार एमालेले पठाएको ११० जनाको नामावलीमा जनजाति, खस आर्य महिला र दलित समुहबाट चार जनाको नाम पठाएको हो । बन्द सूचिमा पर्नेमा आदिवासी जनजाति समूहबाट पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सन्तबहादुर प्रजा, खस आर्य समूहबाट प्रभा बराल (पौडेल) र दलित समूहबाट यमबहादुर परियार रहेका छन् । पटक पटक मन्त्री भइसकेका थापा र परियार माओवादी पुष्ठिभूमिका व्यक्ति हुन् । थापा जनजाति समुहका पहिलो सूचीमा समेत छन् । उनको विषयलाई लिएर सर्वसाधारणमा आलोचना समेत भएको छ । नेकपा एमालेले झापा जिल्लाका सबैभन्दा बढी ९ जनाको…
Read More
सुनौलो नेपालको ‘भरतपुर कन्क्लेभ’ हुँदै, विकास मोडल र भविष्यको सम्भावनाबारे छलफल हुने

सुनौलो नेपालको ‘भरतपुर कन्क्लेभ’ हुँदै, विकास मोडल र भविष्यको सम्भावनाबारे छलफल हुने

सुनौलो नेपालले चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको छ । शुक्रबार अर्थात् पुष १८ गते हुने प्यानल डिस्कसन कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन विकास र मेडिकल हबको रुपमा भविष्यको सम्भावनाको खोजीतर्फ केन्द्रित हुनेछ । भरतपुरस्थित होटल सिराइचुलीमा हुने कार्यक्रम तीन वटा प्यानलमा विभाजित हुनेछ । दिउँसो १ बजे सुरु हुने कार्यक्रममा शैक्षिक उद्योमी सुरेन्द्र सुवेदीले ‘मैले देखेको भरतपुर’ बारे मन्तव्य राख्नेछन् । कार्यक्रमको पहिलो सेसन भरतपुरको विकास निर्माणमा केन्द्रित हुनेछ । यस प्यानलमा भरतपुर महानगरकी मेयर रेनु दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा प्यानलिस्टका रुपमा…
Read More
धवलागिरी अस्पताल भवन :तीन पटक म्याद थप गर्दा आधा काम

धवलागिरी अस्पताल भवन :तीन पटक म्याद थप गर्दा आधा काम

तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताउनुभयो । भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको छ उहाँले गुनासो गर्नुभयो ।…
Read More
पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिनुभएको हो । आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष रु पाँच लाखको आलु बिक्री भएको थियो । “एक कठ्ठामा करिब पचास किलो मात्र तोरी उत्पादन हुन्छ भने आलु आठ क्विन्टल उत्पादन हुन्छ”, उहाँले भन्नुभयो । प्रतापपुर गाउँपालिका–६ का गङ्गा सागर यादवले पनि पाँच वर्षदेखि आलुखेती गर्दै आउनुभएको छ ।…
Read More
ओलीलाई बयानमा बोलाउने तयारीमा जाँचबुझ आयोग

ओलीलाई बयानमा बोलाउने तयारीमा जाँचबुझ आयोग

जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने बताएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अध्यक्ष ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताएका हुन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीले अध्यक्ष कार्कीलाई सोधे– एमाले अध्यक्ष ओलीलाई बयानमा कहिले बोलाउनुहुन्छ ? जवाफमा अध्यक्ष कार्कीले अध्यक्ष ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताए । उनले भने, ‘उहाँलाई बोलाउने क्रममा छौँ हामी।’ बोलाउँदा पनि आउनु भएन भने के गर्नु हुन्छरु’ सञ्चारकर्मीले सोधे। ‘आउनु भएन भने भोलिको कुरा भोलि नै हुन्छ’, कार्कीले भने।