१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी
काठमाडौँ २३ भदौ । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी हुनुहुन्थ्यो । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ । सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आउनुभएको छ । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो । प्रदर्शनीमार्गस्थित बोर्डको कार्यालयमा आज पदबहाली गर्दै सीइओ जोशीले आफ्नो प्राथमिकता बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुमा रहेको बताउनुभयो । रासससँगको…