कुलमान र खगेन्द्र एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे

कुलमान र खगेन्द्र एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे

कुलमान र खगेन्द्र एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे

एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट ऊर्जामन्त्री कुलमान घिसिङ र अभियन्ता खगेन्द्र सुनार नेतृत्व पछि हटेका छन् । ऊर्जामन्त्री घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट पछि हटेका हुन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति १० मंसिरमा बनेको थियो । उक्त निर्णयबाट दुई दल पछि हटेका हुन् ।
Read More
उधौली साकेला मनाउँदै किरात समुदाय

उधौली साकेला मनाउँदै किरात समुदाय

प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आज देखि सुरु भएको छ । किरात समुदायले मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको छ । वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उधौली र उभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड,…
Read More
घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले घटेर दुई लाख ५३ हजार ३०० कायम भएको छ । अघिल्लो दिन (बुधबार) सुनको मुल्य दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेर तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
एनपिएलः पोखरा टस जितेर बलिङमा

एनपिएलः पोखरा टस जितेर बलिङमा

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । रासस
Read More
सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँः दुर्गा प्रसाईं

सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँः दुर्गा प्रसाईं

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको छ । आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्नुहुँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको हो । उहाँले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताउनु भयो । नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको बताउनु भयो । आफूहरुका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त…
Read More
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम…
Read More
९ वटा भवनबाट सेवा दिइरहेको भरतपुर महानगरपालिकाको ५३ करोडको भवन बन्दै,काम अन्तिम चरणमा

९ वटा भवनबाट सेवा दिइरहेको भरतपुर महानगरपालिकाको ५३ करोडको भवन बन्दै,काम अन्तिम चरणमा

भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ । रासस
Read More
एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल

एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको संवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राख्नुभयो । सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै उहाँले आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हित कसरी गर्ने भन्नेमा आफ्नो चासो रहेको स्पष्ट गर्नुभयो । उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन र सर्वपक्षीय सरकारका माध्यमबाट निर्वाचनमा जाने गरी राजनीतिक निकास खोज्नुपर्ने पक्षमा एमाले रहेको बताउनुभयो । एमाले…
Read More
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयान क्षति पुर्‍याउने धरौटीमा रिहा

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयान क्षति पुर्‍याउने धरौटीमा रिहा

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट गरी क्षति पुर्‍याउनेलाई जिल्ला अदालत कार्यालय काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश दिएको अदालतको श्रेष्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपास्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तथा सोही भवन बाहिर राखिएका सवारीसाधनमा क्षति गराएको, प्रहरी चौकी पनौतीको भवन, पनौतीस्थित सडकखण्डमा रहेको प्रहरी बिट, धुलिखेल नगरपालिकास्थित बसपार्कमा रहेको प्रहरी बिट, बनेपामा रहेको प्रहरी बिट तथा प्रहरीका लत्ताकपडामा आगजनी तथा तोडफोड गरी भवनभित्रका हतियार र गोली लुटपाट…
Read More
राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्बीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो । रासस
Read More