प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् । आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका…
Read More
तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा आठ हजार १२० हेक्टरमा खेती गरिएकामा ३३ हजार २९२ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाको १३ हजार ५५१ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको उक्त कार्यालयका सूचना अधिकारी किरण परियारले राससलाई बताउनुभयो । छ हजार ३४७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने सात हजार २३६ हेक्टरमा मौसमी सिँचाइको व्यवस्था छ । हालैको…
Read More
स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उहाँको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित हुनुहुन्छ । ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि’ उहाँले स्वर र सङ्गीत दिनुभएका गीत जनजिब्रोमा झुन्डिएका छन् । मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उहाँकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज…
Read More
ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

भोजपुर, मंसिर १८ यहाँको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय निराश भएका छन् । अस्पताल सम्झौता अनुसार २०८० सालको असारमा सम्पन्न गर्नेगरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माणको कूल लागत…
Read More
घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताउनुभएको छ । २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गर्नुभयो । “सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराइ युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासको मार्गमा लैजानु नै हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “त्यसैले…
Read More
बालेन र कुलमानबीच एकता भएको सुधनको दाबी

बालेन र कुलमानबीच एकता भएको सुधनको दाबी

काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् । अब थप एकता संवादको लागि रवि लामिछानेलाई भेट्न लागेको उनको भनाइ छ । फेसबुकमा गुरुङले लेखेका छन्, ‘बालेन र कुलमानको एकतापछि हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं । र, उहाँको धारण पनि सुन्नेछौं ।’
Read More
मंसिर २१ भित्र योजना छनोट गरेर पठाउन निर्देशन

मंसिर २१ भित्र योजना छनोट गरेर पठाउन निर्देशन

कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ । जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन निर्देशन दिएको हो । कर्णाली प्रदेश सरकारले आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि २०८२ मा व्यवस्था भए बमोजिम स्थानीय सरकारका साथै प्रदेशसभा सदस्यलाई सो निर्देशन दिएको हो । यसअघि जभाभावी योजना छनोट गरेर टिपाउने चलनको अन्त्य गर्न प्रदेश सरकारले यो निर्देशन दिएको हो । जिल्लास्थित कार्यालयले स्थानीय तहलाई पत्राचार तथा सार्वजानिक सूचनामार्फत योजनाको नाम टिपाउन आग्रह गरिएको छ । प्रदेशसभा सदस्यहरुलाई जिल्ला कार्यालयमार्फत योजना टिपाउन सार्वजनिक सूचना जारी…
Read More
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

मुस्ताङमा सन् २०२४ को तुलनामा सन् २०२५ को ११ महिना अर्थात नोभेम्बरसम्ममा १०.६१ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को तुलनामा सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म चौध हजार ४११ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले उल्लेख गरेको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिना अवधिमा सार्क तथा अन्य मुलुकका गरी कूल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ जना र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटकले मुस्ताङ…
Read More
बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि झापामा धान उत्पादन घट्यो

बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि झापामा धान उत्पादन घट्यो

बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्र्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताउनुभयो । गत वर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा…
Read More
कुलमान र खगेन्द्र एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे

कुलमान र खगेन्द्र एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे

एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट ऊर्जामन्त्री कुलमान घिसिङ र अभियन्ता खगेन्द्र सुनार नेतृत्व पछि हटेका छन् । ऊर्जामन्त्री घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट पछि हटेका हुन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति १० मंसिरमा बनेको थियो । उक्त निर्णयबाट दुई दल पछि हटेका हुन् ।
Read More