नारायणगढ–मुग्लिन सडक : दसैँअघि नै दुई पुल सञ्चालनमा ल्याइँदै

नारायणगढ–मुग्लिन सडक : दसैँअघि नै दुई पुल सञ्चालनमा ल्याइँदै

नारायणगढ–मुग्लिन सडक : दसैँअघि नै दुई पुल सञ्चालनमा ल्याइँदै

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई पुल दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ । उनले भने, “दसँैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।” सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधीन रहेका छन् । बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको…
Read More
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो

महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो

काठमाडाैं, १९ भदाै। एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचिएको छ । टाइटानिक हेर्न एउटा मिसनले यो जहाजको रेलिङ भाँचिएको पत्ता लगाएको हो । जहाजको रेलिङको १५ फिट भाग फुटेर समुन्द्री तलामा खसेको बताइएको छ । जहाजको स्वामित्वमा रहेको कम्पनी आरएमएस टाइटानिक इन्कले पोर्ट साइड रेलिङमा ४.६ मिटर अर्थात करिब १५ फिटको खाडल रहेको जनाएको छ । जहाजमा रहेको सामान फिर्ता गर्ने अधिकार आरएमएस टाइटानिकसँग मात्र छ । जहाज र यसको वरपरको क्षेत्रको थ्रीडी स्क्यानिङपछि यो भाग समुन्द्रको तलामा खसेको पत्ता लाग्यो । यो जानकारी जुलाई २९ मा टाइटानिक तर्फ मिसनपछि प्राप्त भएको थियो । टाइटानिक जहाज सन् १९१२ मा…
Read More
सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन: सञ्चालन हुँदै

सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन: सञ्चालन हुँदै

इलाम १९ भदौ  । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो । गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिंदै…
Read More
पक्की घरमा ढुक्कसँग बस्न पाउँदा विपन्न परिवार खुसी

पक्की घरमा ढुक्कसँग बस्न पाउँदा विपन्न परिवार खुसी

राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजाले पक्की घर पाएपछि यतिबेला खुसीले गद्गद छन् । वर्षौंदेखि फुसको छाप्रामा छ जना परिवारका सदस्यसहित बस्दै आएका उनी अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी भएका हुन् । “मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएको थिएँ”, उनले भने, “तर एकीकृत बस्ती तथा आवास कार्यक्रमअन्तर्गत पक्की घर सरकारले बनाइदिएपछि अब घरको समस्याबाट मुक्त भइयो, अब त केबल कमाएर परिवारमात्र पाल्नु छ ।” आर्थिक विपन्नता र गरिबीको मार खेप्दै आएका आफू यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भने कल्पना नै गरेको…
Read More
प्रचण्डले जनता भड्काउन खोजे : ओली

प्रचण्डले जनता भड्काउन खोजे : ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता भड्काउने प्रयास गरे पनि त्यो सफल नहुने बताएका छन्। पार्टी कार्यालय च्यासलमा जारी नेकपा एमालेको पोलिटब्युरो बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदन र सडक आन्दोलनको धम्की दिएर प्रचण्डले जनतालाई भड्काउन खोजेको सदस्यहरुलाई ब्रिफिङ गरेका थिए। प्रधानमन्त्री ओलीले सरकारका काम, पछिल्ला राजनीतिक घटनाक्रमलगायतका विषयमा बैठकलाई जानकारी दिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए। बैठकमा प्रधानमन्त्री ओलीले सरकारमा रहेर सतर्कतापूर्व जनताका मुद्दा सम्बोधन गरेर जानुपर्ने र त्यही गतिमा पार्टी कमिटीहरुलाई पनि चलायमान बनाउन निर्देशन दिए। उनले स्थानीय तहको उपनिर्वाचनमा गुटबन्दीमा नलागी जित्ने गरी काम गर्नसमेत नेताहरुलाई निर्देशन दिए। बैठकमा…
Read More
नारायणगढमा आँखा परिक्षण शिबिर सम्पन्न

नारायणगढमा आँखा परिक्षण शिबिर सम्पन्न

नारायणगढ १९ भदौं । भरतपुर  महानगरपालिका २ मा अवस्थित बालकुमारी कन्या मा. बि. मा अध्ययन गर्ने कक्षा १ देखी १२ सम्म अध्ययनरत बिथ्यार्थीहरुको आँखा परिक्षण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लब अफ भरतपुरको संयुक्त आयोजना तथा भरतपुर आँखा अस्पातलको प्राबिधिक सहयोगमा गरिएको कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेर बहादुर पौडेलको अध्यक्षता तथा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सविन पौडेलको सहअध्यक्षता रहेको थियो भने प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाट रहनु भएको थियो । कार्यक्रममा बालकुमारी कन्या मा. बि. का बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बालगोपाल चुके, भरतपुर आँखा अस्पतालका…
Read More
पलेशा आज काठमाडौं आउदै

पलेशा आज काठमाडौं आउदै

काठमाडौं, १९ भदाै । पारालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ । पलेशा आज काठमाडौँ आउदै छन् । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई आज  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ । परिषदका अनुसार साढे ८ बजेदेखि नगरपरिक्रमा शुरु हुने र उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने छ ।
Read More
दशैँमा राष्ट्र बैंकले नयाँ नोट नदिने

दशैँमा राष्ट्र बैंकले नयाँ नोट नदिने

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोट सटहीलाई बन्द गरेको हो। यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको हो। राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले दशैँअघि पुराना सुकिला नोट सटही गरे पनि नयाँ नदिने जानकारी दिए। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार दशैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही गरिनेछ। दशैँका लागि ५, १० २०,…
Read More
खैरहनीमा तीज र जितिया गीत प्रतियोगिता : चैनपुर र सङ्वा प्रथम

खैरहनीमा तीज र जितिया गीत प्रतियोगिता : चैनपुर र सङ्वा प्रथम

खैरहनी । खैरहनी नगरपालिकाले हरितालिका तिज तथा जितियाको अवसर पारेर मंगलबार गित प्रतियोगिता आयोजना गरेको छ । संस्कृति सम्बर्द्धन गर्ने उदेश्य सहित तिज र जितियाको छुट्टाछुट्टै रूपमा प्रतिस्पर्धा गराईएको थियोे । तिज गित प्रतियोगितामा वडा नम्बर २ चैनपुर महिला समुह प्रथम भयो । पंचरती महिला समुह वडा नम्बर ५ दितिय हुंदा पिपरा टोल आमा समुह वडा नम्बर ९ ले तृतीय स्थान हासिल गर्‍यो । प्रथम ,दितिय र तृतीयले क्रमशः नगद १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्ण कुमारी गुरुङले जानकारी दिइन् । जितिया गित प्रतियोगितामा प्रथम भएको…
Read More
खैरहनीमा प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने

खैरहनीमा प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने

खैरहनी । पूर्वी चितवनकाे खैरहनीका प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने भएकाे छ । हरितालिका तीजकाे अबसरमा ग्रेट टिभी प्रा.लि. ले यही भदाैं २१ गते तीजकाे दिन पर्सा बजारकाे चाैविसकाेटी चाेकमा कार्यक्रम आयाेजना गरेकाे हाे । आयाेजकले मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी दिएकाे हाे । चितवन जिल्लाका दिदीबहिनीहरुले समूह बनाएर सहभागी हुने छन् । २३ वटा समुहकाे सहभागिता रहने साे प्रतियाेगितामा अडिसन राउण्डबाट उत्कृष्ट छनाैट गरिने ग्रेट टिभीका अध्यक्ष रामेश्वर रिजालले बताए । प्रतियाेगितकाे प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कार सहित सहभागिहरुलाई माैलाकाली केबलकारमा धार्मिक यात्रा गराइने रिजालले बताए । तीजकाे धार्मिक महत्व जाेगाउदै…
Read More