गैंडाकाेटमा सेवा नेपालको अधिवेशन सुरु : नयाँ समिति चयन हुने
गैंडाकाेट । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) काे तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आइबार देखि गैंडाकाेटमा सुरु भएकाे छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेको साधारण सभामा संस्थाकी अध्यक्ष पार्वती न्याैपानेले सेवा नेपालकाे परिकल्पना, उद्देश्य र लक्ष्यका बारेमा प्रकास पारेकी थिइन् । साधारण सभामा सहसचिव टीका अधिकारीले आर्थिक बर्ष २०८०/८१ को प्रगति प्रतिवेदन र चालु आबको नीति तथा कार्यक्रम, कोषाध्यक्ष अफ्सरा घिमिरेले आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट तथा सेवा नेपालकी कार्यकारी निर्देेशक विष्णुकुमारी नेपालले दीर्घकालिक रणनीतिक याेजनाकाे लक्ष्य, उद्देश्य र परिकल्पनाकाे बारेका प्रकाश पारेकी थिइन् ।…