चितवनमा अनलाइन ठगी बढ्दो, एक वर्षमा ५२१ उजुरी दर्ता
चितवन, साउन २० – चितवन जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा अनलाइन ठगीका ५२१ वटा निवेदन दर्ता भएका छन्। ती घटनामा रु १२ करोड २२ लाख ८४ हजार ३३८ बराबरको रकम ठगी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगी भएको रकममध्ये हालसम्म रु दुई करोड २९ लाख ९८ हजार ६४३ पीडितलाई फिर्ता गराइएको छ। उनका अनुसार पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमार्फत फिसिङ लिङ्क पठाउने, आकर्षक अफर देखाउने तथा उपहार जितेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने घटनामा उल्लेख्य वृद्धि भएको छ। दैनिकजसो अनलाइन ठगीका उजुरी आउने गरेको र ठगीको रकम रु…