नदीजन्य पदार्थ ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नदीजन्य सामग्रीको चोरी निकासी रोक्न ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन गरेको छ । नगरपालिका अन्तर्गत विभिन्न नदीबाट चोरी गरी विभिन्न ठाउँमा थुपारेर राखिएका नदीजन्य पदार्थ जफत गर्दै आएको नगर प्रमुख विमला अर्यालले जानकारी दिए । पछिल्लो पटक तुरिया खोला, चारघरे, सोमई टोललगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो । जफत गरिएका नदीजन्य पदार्थलाई कानुनअनुसार लिलाम गरिनेछ । अभियानअन्तर्गत चोरी निकासीमा संलग्न सवारीसाधान नियन्त्रण र थुपारेर राखिएका पदार्थ जफत अगाडि बढाइएको नगरप्रमुख अर्यालले बताए । विभिन्न खोलाबाट पछिल्लोपटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले थुपारेर राखिएको स्थानको खोजी गरेर जफत गरिएको नगरप्रमुख अर्यालले जानकारी दिए…