स्पा र होटल विस्तारसँगै मानव बेचविखनको जोखिम बढ्दो
नारायणगढ (चितवन), असार २५ – यहाँस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र यौन शोषणको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ । ‘सामरी उत्थान सेवा’ ले तयार पारेको अध्ययन पत्रकार माझ भरतपुरमा सार्वजनिक गर्दै जातीय विभेद, हिंसा र बहिष्करणमा परेका दलित, लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक ९क्वीर० समुदायका ८५ प्रतिशत मानिस आन्तरिक मानव बेचविखन र यौन शोषणबाट पीडित बन्नुपरेको उल्लेख छ । संस्थाका कार्यक्रम प्रबन्धक शिवहरि ज्ञवालीले सन् २०२४\२५ भरतपुर महानगरभित्र तीन वटा स्पा सञ्चालन रहेकोमा सन् २०२५\२६ मा त्यो सङ्ख्या २१ पुगेको छ, जुन ६०० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले होटल, डान्सबार, दोहोरी…