प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित

चितवन, जेठ २५- प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मङ्गलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा बोलेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोष्टममा उभिएर माफी माग्नुपर्ने माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
Read More
हुवावेले चितवनमा इन्टरप्राइज आईसीटी समाधान सार्वजनिक गर्‍यो

हुवावेले चितवनमा इन्टरप्राइज आईसीटी समाधान सार्वजनिक गर्‍यो

चितवन, जेठ २५- हुवावे नेपाल र एस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि.को संयुक्त आयोजनामा चितवनको भरतपुरमा “डिजिटल रूपान्तरणमार्फत उद्यम सशक्तिकरण” विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हुवावेले आफ्नो नवीनतम इन्टरप्राइज आईसीटी समाधानहरू प्रस्तुत गर्दै विभिन्न उद्योग तथा संस्थाहरूलाई डिजिटल प्रविधिमार्फत अझ सुरक्षित, प्रभावकारी र स्मार्ट बनाउने उपायहरूबारे जानकारी दिएको हो। सत्रहरूमा आधुनिक क्याम्पस नेटवर्किङ, साइबर सुरक्षा, साना तथा मझौला व्यवसायका लागि Huawei eKit समाधान, उन्नत आईटी पूर्वाधार तथा डिजिटल रूपान्तरणका व्यावहारिक पक्षहरूमा प्रस्तुति तथा छलफल गरिएको थियो। हुवावे नेपालका प्रतिनिधिहरूले डिजिटल रूपान्तरणले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए। उनीहरूले भरपर्दो आईसीटी पूर्वाधारले सेवा प्रवाह, सुरक्षा र…
Read More
संसद्‌बाटै मागियो अर्थमन्त्रीमाथि संसदीय छानबिन

संसद्‌बाटै मागियो अर्थमन्त्रीमाथि संसदीय छानबिन

चितवन, जेठ २५- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन अघि बढाउन संसद् बैठकबाटै माग भएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने उनको भनाइ छ । ‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ । त्यसबाट छानबिन गर्नुहोस् । करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो ? यो सामान्य कुरा हो ? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो ?,’ शाहीले प्रश्न गरेका छन् । देशका जम्मा तीन जना मान्छेलाई…
Read More
गोरखामा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखामा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखा, जेठ २५- गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन् । आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो । दुईदिनसम्म सञ्चालन भएको शिविरमा आँखा जाँचका लागि आएकाहरुको आँखाको स्क्रिनिङ जाँच र शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा कृष्ण गुरुङको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा उपचार सेवा प्रदान गरेका थिए । उक्त शिविरबाट विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै घरदैलोमा आँखाको गुणस्तरीय उपचार…
Read More
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

चितवन, जेठ २५- यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्लाष्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लाष्टिक जन्य सामग्री बिक्रीमा रोक लगाएको हो । कार्यकारी अधिकृत जगतप्रसाद भुसालले नगरभित्र बिक्रीका लागि प्लाष्टिकजन्य सामग्री व्यवस्थापन गर्न दिएको समय सकिएकाले यसपछिको बिक्रीमा रोक लगाएको जानकारी दिनुभयो । नगरप्रमुख ताराकुमारी काजी महतोले नगवासीलाई प्लाष्टिकका सामग्रीको विकल्पमा सालका पातबाट तयार पारिएका वस्तुको प्रयोग गर्न आग्रह गर्नुभएको छ । रासस
Read More
निजामती अस्पतालको सेवा अब चितवनबाटै, भरतपुर अस्पतालमा उपचार गर्ने कर्मचारीले सहुलियत पाउने

निजामती अस्पतालको सेवा अब चितवनबाटै, भरतपुर अस्पतालमा उपचार गर्ने कर्मचारीले सहुलियत पाउने

चितवन, जेठ २५- निजामती कर्मचारीले स्वास्थ्य उपचारका लागि काठमाडौंकै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रदेश स्तरमै उक्त अस्पतालको सेवा विस्तार गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेठ २५ (सोमबार) देखि नै लागू हुने गरी विभिन्न प्रदेश अस्पतालहरूबाट कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो। सेवा प्रदानका लागि भरतपुर अस्पतालसंग सम्झौता भएको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) विश्वबन्धु बगालेले जानकारी दिनुभयो । अब भरतपुर अस्पतालबाट कार्ड भएका कर्मचारीहरूले सिभिल अस्पतालले दिने सरहकै सेवा प्राप्त गर्ने उहाँले बताउनुभयो । सरकारले बागमती प्रदेशका लागि भरतपुर अस्पताल र मधेस प्रदेशका लागि वीरगन्जस्थित नारायणी अस्पतालसँग सम्झौता…
Read More
इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौँ, जेठ २४- पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन ९इभी० को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म उक्त सङ्ख्यामा चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल देशभर कुल एक हजार चार्जिङ स्टेसन सञ्चालनमा छन् । अधिकांश स्टेसन विद्युतीय सवारीसाधनका आधिकारीक बिक्रेताले सञ्चालन गर्दै आएका छन् । विशाल ग्रुप, पारामाउन्ट मोटर्स, भिजी अटोमोबाइलगायतले २५०,…
Read More
मोबाइलबाटै भारत-नेपाल व्यक्तिगत खातामा पैसा पठाउन सकिने सेवा सञ्चालनमा

मोबाइलबाटै भारत-नेपाल व्यक्तिगत खातामा पैसा पठाउन सकिने सेवा सञ्चालनमा

काठमाडौँ,जेठ २४- अनलाइनबाटै नेपाल र भारतबिच व्यक्तिगत रूपमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु भएको छ । निश्चित बैङ्क तथा वित्तीय संस्थाहरूबाट यो सेवा सञ्चालनमा आएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल ९/१० वटा मुख्य कमर्सियल बैङ्कहरूले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउन थालिसकेका छन् । ग्राहकले सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ अथवा कनेक्ट आईपीएसको मोबाइल एप मार्फत अन्तरदेशीय रकम पठाउन सक्छन् । यसका लागि क्रशबोर्डर फन्ड ट्रान्सफरको विकल्प राखिएको छ । रकम ट्रान्सफर गर्दा बैङ्क खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ । भारत तर्फ समेत हाल मुख्य तथा निश्चित बैङ्कहरूमा मात्रै…
Read More
विश्व खाद्यसुरक्षा दिवसः भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ

विश्व खाद्यसुरक्षा दिवसः भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ

चितवन, जेठ २४- अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आउनुभएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताउनुभएको छ । विभिन्नथरी खाना राख्दै जाँदा प्लेट भरिने भन्दै उहाँले त्यसको झण्डै आधा फालिने गरेको उल्लेख गर्नुभयो । “होटल, रेष्टूरेन्ट र पार्टी प्यालेसले गर्ने भोजरभतेरका कार्यक्रममा अधिक खाना फालिन्छ । घरमा पनि बढी खाना पकाउँदा फालिने गरेको पाइन्छ । ग्रामीण क्षेत्रमा फालिएका खाना पशु चौपालयले खाने भए पनि सहरी क्षेत्रमा त्यसरी फालिएका खाना फोहरका रूपमा परिणत हुन्छ”, चापागाईंले भन्नुभयो, “खाना फाल्न रोक्न धेरै प्रयास गरियो । सफल भइएन ।” यसरी खाना फालिँदा खुवाउनेका लागि भोज भतेर महँगो…
Read More
नुवाकोट रास्वपा सभापतिमा २५ बर्षीय गजुरेल निर्वाचित

नुवाकोट रास्वपा सभापतिमा २५ बर्षीय गजुरेल निर्वाचित

नुवाकोट, जेठ २४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पराजित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शरण महत ले ३७ र राजु लामिछाने ले २८ मत पाए। यसअघि २१ वर्षको उमेरमै जिल्लाको तदर्थ नेतृत्व सम्हालेका गजुरेलले पार्टीको संगठन वडा र पालिका तहसम्म विस्तार भइसकेको भन्दै आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन्। उनले निर्वाचन प्राविधिक विषय भएकाले सबैलाई समेटेर अघि बढ्ने पनि बताएका छन् । अधिवेशनबाट कृष्णलाल श्रेष्ठ उपसभापति र वसन्त धिताल सचिवमा निर्वाचित भएका…
Read More