सभामुख भन्छन्- संसद्का क्रियाकलाप सबैले हेरिराखेका हुन्छन्, हामी जिम्मेवार बन्नु पर्छ
काठमाडौँ, असार १५ – सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेकाले सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्। आइतबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए। ‘अहिले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो’, सभामुख अर्यालले भने, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।’ जनताबाट निर्वाचित भएपछि सांसदको…