चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भयोः महासचिव पोखरेल
चितवन,१३ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भएको बताएका छन् । नेकपा एमाले चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार चितवन भएको बताएका हुन् । ‘चितवनले पटक पटक लोकतान्त्रिक परिवर्तनको अगुवाइ ग¥यो । रवि लामिछानेले नयाँ खोज्ने अभियान चलाए । त्यसैको नेतृत्व ग¥यो । नयाँ अभियानको नेतृत्वतर्फ लग्यो’, महासचिव पोखरेलले भने, ‘हामीले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटक पटक काम गर्ने मौका दिन पहलकदमी लियौं र काम गर्ने…