महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख रुपैयाँसहित सम्मान

महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख रुपैयाँसहित सम्मान

महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख रुपैयाँसहित सम्मान

काठमाडौं,१५ कात्तिक । साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ । पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्राएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नुहोला, बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । बुधबार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको थियो । नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।
Read More
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा

तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा

काठमाडौं, १५  कात्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा…
Read More
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

लमजुङ,१४ कात्तिक  । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुनुहुन्छ । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा हुनुहुन्छ । हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा हुनुहुन्छ । नेपाललाई विजयी गराउँदै फाइनलमा पु¥याएसँगै भण्डारीको चर्चा चुलिएको छ । खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किनुभएको हो । थमन भण्डारी र मुना…
Read More
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

खैरहनी । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष एवं महोत्सवका…
Read More
चेपाङ बालवालिकालाई सपनाको सर्वोत्तम पिठो

चेपाङ बालवालिकालाई सपनाको सर्वोत्तम पिठो

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ कोलभन्ज्याङका सीमान्तकृत चेपाङ समुदायका बालवालिकाहरुका लागि सर्वोत्तम पिठो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले यहाँका ५७ जना बालवालिकालाई सर्वोत्तम पिठो वितरण गरेको हो । कोलभन्ज्याङमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सपना भिलेजका अध्यक्ष धु्रव गिरीले बालबालिकाका लागि अभिभावकलाई पिठो हस्तान्तरण गरेका थिए । पौष्टिक आहारको अभाव र पेटभरी खान नपाएका कारण चेपाङ बालबालिकाहरुमा कुपोषणको समस्या देखिदै आएको छ । विकट पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुमा कुपोषणको समस्या विकराल बन्दै गएपछि पौष्टिक आहारको रुपमा सर्वोत्तम पिठो वितरण गरिएको सपना भिलेजका अध्यक्ष गिरीले बताए । गर्भबती महिलाले पेटभरी खान नपाउदा कमजोर…
Read More
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

काठमाडौं,१४ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी…
Read More
उपाधि जित्ने लक्ष्यका साथ आज बङ्गलादेशसँग भिड्दै नेपाल

उपाधि जित्ने लक्ष्यका साथ आज बङ्गलादेशसँग भिड्दै नेपाल

काठमाडौं,१४  कात्तिक । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी…
Read More
आज २०८१ साल कात्तिक १४ गते बुधवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक १४ गते बुधवार, यस्तो छ तपाईको राशिफल

चितवन,१४ कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ ।…
Read More
चितवनका सात सय चेपाङलाई सुधारिएको चुलो

चितवनका सात सय चेपाङलाई सुधारिएको चुलो

चितवन । चितवनको विकट पहाडी क्षेत्रमा बसोबार गर्ने सीमान्तकृत चेपाङ समुदायलाई सुधारिएको चुलो वितरण गरिएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं १ का तीन वटा चेपाङ बस्तीका ७०० घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ । वाताबरण संरक्षण र महिलाहरुको स्वास्थ्य जोगाउन सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले यहाँका चेपाङ समुदायलाई चुलो वितरण गरेको हो । गाउँपालिकासंगको सहकार्यमा सपना भिलेजले पहिलो दिन आइतबार हात्तीवाङका २०० घरघुरी, सोमबार भाराङका ३५० घरधुरी र मंगलबार कोलभन्ज्याङका १५० घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका वन तथा वाताबरण मन्त्री कृष्ण सिलवाल, पूर्व सांसद कृष्णभक्त पोखरेल, गाउँपालिकाका अध्यक्ष…
Read More
विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छः सञ्चारमन्त्री गुरुङ

विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ,१३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)को नवनिर्वाचित कार्यसमितिसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसङ्ख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारका प्रवक्ता मन्त्री गुरुङले भन्नुभयो, “विकास निर्माण गर्दा केही रूख काट्नुपरे पनि त्यसको कैयौँ गुणा वृक्षरोपण गरेर विकासमा आउने बाधा अवरोध हटाउनुपर्छ । त्यसका लागि कानुनी व्यवस्था र कार्यान्वयनमा आवश्यक सुधार गर्न जरूरी छ ।” कानुन देखाएर विकास निर्माणमा अवरोध गर्ने र आयोजनाका नाममा जथाभावी रूख कटान गर्ने दुवै कार्य उचित नभएको धारणा व्यक्त गर्नुभयो…
Read More