जितिया पर्वको व्रत समापन
महिलाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ । यो पर्वमा महिलाहरुले तीन दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् । यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’ (दर) खाएर महिलाहरुले व्रत सुरु गरेका थिए । त्यसपछि आइतबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाहरुले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गर्नुभएको हो । व्रतको दोस्रो दिन महिलाहरुले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजा–अर्चना गरी सन्तानको दीर्घायुको कामना गर्नुभएको थियो । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गरिन्छ । विशेषगरी मिथिला क्षेत्र, तराई मधेसका जिल्ला, काठमाडौँलगायत सहरमा रहेका…