महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो
काठमाडाैं, १९ भदाै। एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचिएको छ । टाइटानिक हेर्न एउटा मिसनले यो जहाजको रेलिङ भाँचिएको पत्ता लगाएको हो । जहाजको रेलिङको १५ फिट भाग फुटेर समुन्द्री तलामा खसेको बताइएको छ । जहाजको स्वामित्वमा रहेको कम्पनी आरएमएस टाइटानिक इन्कले पोर्ट साइड रेलिङमा ४.६ मिटर अर्थात करिब १५ फिटको खाडल रहेको जनाएको छ । जहाजमा रहेको सामान फिर्ता गर्ने अधिकार आरएमएस टाइटानिकसँग मात्र छ । जहाज र यसको वरपरको क्षेत्रको थ्रीडी स्क्यानिङपछि यो भाग समुन्द्रको तलामा खसेको पत्ता लाग्यो । यो जानकारी जुलाई २९ मा टाइटानिक तर्फ मिसनपछि प्राप्त भएको थियो । टाइटानिक जहाज सन् १९१२ मा…