रत्ननगर उवासंघमा बाग्लुङ उवासंघको टोलीलाई स्वागत
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघले बाग्लुङ उद्योग बाणिज्य संघको टोलीलाई स्वागत गर्दै व्यवसायिक विकासका बारेमा अन्तर्किया कार्यक्रम गरेको छ । भ्रमणमा निस्किएको बाग्लुङ उवासंघको टोलीलाई स्वागत गर्दै व्यवसाय प्रर्बद्धन र आर्थिक विकासको लागि सहकार्यको प्रस्ताब गरिएको छ । रत्ननगर उबासंघका अध्यक्ष शंकर गिरीले आर्थिक मन्दीका कारण कमजोर बन्दै गएको व्यवसायको विकास र स्थानीय स्तरका आर्थिक विकासको लागि दुई संघ बीचको सहकार्यको प्रस्ताब गरिएको बताए । उनले आर्थिक विकाससंगै व्यवसायिक हक हितका लागि साझा एजेण्डा सहित सहकार्य गर्नुपर्ने, व्यवसायिक संघ संगठनहरुले मात्र मेला महोत्सव गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटन व्यवसायी बीच समन्वय गरी आकर्षक प्याकेज सहित छुटको व्यवस्था…