रत्ननगर खानेपानीको साधारण सभा : भूमिहिनलाई किस्ताबन्दीमा धारा
रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थको १४औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष माधव प्रसाद अर्यालले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । सो अबसरमा उनले आगामी आर्थिक बर्षमा रातो कार्ड भएका अपाङ्गलाई निशुल्क, भूमिहिनलाई ५० प्रतिशत छुट दिई किस्ताबन्दीमा धारा जडान गर्ने व्यवस्था मिलाइएको जनाकारी दिए । आगामी आर्थिक बर्षको लागि ९ करोड ८६ लाख ६५ हजार बजेट प्रस्ताब तथा ५५० उपभोक्ता थप गर्ने लक्ष्य रहेको अध्यक्ष अर्यालले जानकारी दिए । साधारण सभाको बन्दसत्रमा सचिव प्रताप…