स्तन क्यान्सर विजेताहरुको अनुभव साटासाट
चितवन,७ कात्तिक । स्तन क्यान्सर विजेताहरुले आज यहाँ अनुभव साटासाट गरेका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आयोजित “स्तन क्यान्सर विजेता जमघाट तथा अन्तक्र्रिया कार्यक्रम” मा उनीहरुले आफ्नो अनुभव एक अर्कालाई सुनाए । कार्यक्रममा राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको भन्दै आफ्नो अनुभव सुनाउनुभयो । उहाँले शुरुवातमा पोलेको जस्तो भएर नेपालका विभिन्न ठाउँमा परीक्षण गराउँदा समेत पहिचान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण…