दिल्लीमा रवि लामिछानेको दौडधुप
काठमाडौं, जेठ १९- भारत भ्रमणमा रहेके रास्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल राजनीतिक भेटघाटमा व्यस्त छ । मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशङ्करबीचको भेटवार्ता भाजपा कार्यालयमै निर्धारण भएको पनि जनाइएको छ । अनुकुल मिलेको खण्डमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ। मंगलबार नै भारतीय जनता पार्टी ९भाजपा०का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता भएको थियो । भारतको पाँच दिने…