समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् । मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ । आगामी पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरुको…
Read More
चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै,दुवैले गरे २ खेलाडी परिवर्तन

चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै,दुवैले गरे २ खेलाडी परिवर्तन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका हुन्। अघिल्लो खेलबाट चितवन र जनकपुरले समान दुईरदुई खेलाडी परिवर्तन गरेका छन्। चितवनले अमरसिंह राउटेल र सौगात ढकाललाई प्लेइङ ११ मा ल्याएको छ। दिपक बोहोरा र रिजन ढकाललाई बेन्चमा राखेको छ। जनकपुरले अनिल शाह र सचिन भट्टलाई प्लेइङ ११ मा ल्याएको छ। ललित राजवंशी र किशोर महतोलाई बेन्चमा राखेको छ। जनकपुरका लागि सचिनले पहिलो खेल खेल्न लागेका हुन्। चितवन राइनोजः कुशल मल्ल, देव खनाल, अर्जुन साउद, सौगात ढकाल, अमरसिंह राउटेला,…
Read More
महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणीः ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणीः ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाललाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि शिक्षामन्त्री महावीर पुनले तिखो टिप्पणी गरेका छन्। मधेश बस्नेतको फेसबुक स्टाटस शेयर गर्दै शिक्षामन्त्री पुनले आफूले राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको जस्तै कुरा गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। बस्नेतलाई भाइ सम्बोधन गर्दै टिप्पणी गरेका हुन्। पुनले लेखेका छन्, ‘के के न आफूहरुले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइलेः म ता हाँसेरै मर्छु की क्या हो।’
Read More
सुनचाँदी बजारः सुनको भाउमा केही गिरावट , चाँदीको भाउमा भने वृद्धि

सुनचाँदी बजारः सुनको भाउमा केही गिरावट , चाँदीको भाउमा भने वृद्धि

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण भएको छ । सोमबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५३५ मा कारोबार भएको थियो ।
Read More
एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्। मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ११ः४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन्। साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि सान्त्वना जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ। दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन् । तालिकामा पोखरा र…
Read More
एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी साबिक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । साबिक उपविजेतासमेत रहेको सुदूरपश्चिमले दश अङ्क जोडेर शीर्ष स्थानमा छ । अब सुदूरपश्चिमले विराटनगर किंग्स र चितवन राइनोजससँग खेल्न बाँकी छ । बाँकी रहेका दुई खेल पनि जितेर सुदूरपश्चिम पहिलो क्यालिफायरमा पुग्ने लक्ष्यमा छ । अङ्कतालिकाको दोस्रो स्थानमा ६ खेलमा चार खेल जितेको काठमान्डू गोर्खाज र…
Read More
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ । विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गर्नुभएको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाउनुभएको हो । यसै मुद्दामा सिद्दिककी आमा शेख रेहानालाई सात वर्षको जेल सजाय सुनाइएको छ र अदालतले उहाँलाई परियोजनामा प्रमुख संलग्न व्यक्तिका रूपमा उल्लेख गरेको छ । यस प्रकरणमा अन्य १४ जना पनि संलग्न रहेको बताइएको छ ।…
Read More
सुदूरपश्चिम प्रदेश सरकारद्धारा सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम

सुदूरपश्चिम प्रदेश सरकारद्धारा सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम

सुदूरपश्चिम प्रदेश सरकारले एकल महिला, अपाङ्गता भएका, मुक्त कम्लहरी, सीमान्तकृत समुदाय लक्षित गरेर आयमूलक कृषि कार्यक्रम सुरु गरेको छ । कैलालीमा यो कार्यक्रमका लागि किसानहरु छनोट गरी काम अघि बढाइएको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले जानकारी दिनुभयो । प्रदेशका अन्य जिल्लामा पनि कार्यक्रम कार्यान्वयनको चरणमा छ । कार्यक्रमअन्तर्गत परिचयपत्र प्राप्त इच्छुक एकल महिला, अपाङ्गता भएका तथा विपन्न, मुक्त कम्लहरीलाई जनही रु १५ हजार बराबरको कृषि कार्य गरेबापत भुक्तानी कृषि ज्ञान केन्द्रमार्फत उपलब्ध गराइने जनाइएको छ । “कार्यक्रममा तरकारी र च्याउखेती, मौरीपालन, रैथाने थारू आलुखेती गर्ने किसानलाई समेटेका छौँ,” कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “छनोटमा परेका किसानले रु १५ हजारभित्र रहेर…
Read More
हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने

हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने

बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ । सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरेको हो । सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेदेखि हेटौँडा बुद्ध चौक हुँदै राप्ती…
Read More
दाइँ महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

दाइँ महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ । पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गरिने महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । कृषिलाई…
Read More