चितवनको टाँडीमा दक्षिणकाली इन्भेष्टमेन्टको नयाँ शाखा
चितवन, भदौ १- दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालि (स्टक ब्रोकर नं. ३३) ले चितवनको रत्ननगर-२, टाँडीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । नयाँ शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि शंकर गिरीले गरेका थिए । समारोहमा स्थानीय लगानीकर्ता, उद्यमी, व्यवसायी तथा कम्पनीका विशिष्ट अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले दक्षिणकाली इन्भेष्टमेन्टले रत्ननगरमा आफ्नो सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे । उनले यस शाखाको स्थापनाले चितवन र आसपासका क्षेत्रका लगानीकर्ताहरूलाई पूँजी बजारमा प्रत्यक्ष, पारदर्शी र सहज…