रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा असोज १ गतेदेखि दोसो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पूर्वी चितवन स्पोसर्ट क्लवको आयोजना रत्ननगर वडा नं ३ शान्तिचोक स्थित कर्भडहलमा सो प्रतियोगिता हुने भएको हो । आयोजक क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । राष्ट्रिय स्तरको सो प्रतियोगिता विभिन्न सातवटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केबल न्यौपानेले जानकारी दिए । राष्ट्रिय स्तरमा २० भन्दा बढी बरियताक्रममा रहेका खेलाडी सहभागी तर्फ प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्धितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, वी…