हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ
यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ । कठिन भूगोलमा अवस्थित यहाँको साङ्ता गाउँमा करिब १३ घरधुरीको बसोबास छ । मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो । यो बस्ती अहिलेको बस्तीबाट केही टाढा खोलापारीको भिरालो स्थानमा अवस्थित थियो । त्यहाँ स्थानीयले खेतपाती र पशुपालन गरी जीविकोपार्जन गरेका थिए । त्यहाँको स्थानमा खेतपाती गर्न सिँचाइको अभाव भएपछि साङ्ता गाउँका नागरिकले उक्त स्थान छोडेर हालको स्थानमा स्थान्तरित भएका थिए ।…