जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० मेगावाट विद्युत् उत्पादन बन्द

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० मेगावाट विद्युत् उत्पादन बन्द

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं,१६ असोज । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्ता  बनायो । हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’ । सिन्धुपाल्चोकका निमा लामा पहिलो पटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गर्नुभएको थियो । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदा  गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले…
Read More
रत्ननगरमा स्वास्थ्य शिविर : ३२२ जनाको स्वास्थ्य परीक्षण

रत्ननगरमा स्वास्थ्य शिविर : ३२२ जनाको स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा मंगलबार आयोजना गरिएको स्वास्थ्य शिविरमा ३२२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा बृद्धबृद्धा तथा परम आनन्द हरिर्कितन समुह ज्येष्ठ नागरिक केन्द्रित स्वास्थ्य शिविर आयोजना गरेको हो । बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी सहित विशेषज्ञहरुको टोलीले सुगर र प्रेसरका १२७ जना र आँखा १९५ जना गरी ३२२ जनाको उपचार गरिएको समुहका सचिव रामहरि लम्सालले जानकारी दिनुभयो । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि र चस्मा वितरण गरिएको लम्सालले जानकारी दिए । उद्घाटन कार्यक्रम समुहका कार्यबहाक अध्यक्ष तन्द्रकान्त ओझाको अध्यक्षतामा भएको थियो । रत्ननगर नगरनगरपालिकामा मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो…
Read More
रत्ननगरको चिसापानीमा असोज १७ गतेबाट महायज्ञ हुने

रत्ननगरको चिसापानीमा असोज १७ गतेबाट महायज्ञ हुने

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ चिसापानीमा असोज १७ गतेबाट २६ गते सम्म श्रीमद् देवीभागवत नबाह ज्ञानमहायज्ञ हुने भएको छ । वडा दसैंको अबसर पारेर चिसापानी भगवती मन्दिर व्यवस्थापन समितिले महायज्ञको आयोजना गरेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । धार्मिक तथा एतिहासिक महत्व बोकेको चिसापानीलाई त्रिवेणी धामको रुपमा विकास गर्ने उद्देश्यले महयज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए । ज्योतिस पण्डित निर्मल पौडेलले कथाबाचन गर्ने सो महायज्ञबाट संकलित रकमबाट निर्माणाधिन किरियापुत्री भवन निर्माण पुरा गर्ने, पानीको व्यवस्थापन गर्ने,…
Read More
अभिभावकको सम्झनामा ‘‘असहाय बृद्ध कल्याण समाज’’ लाई खाद्यान्न सहयोग , भिडियो सहित

अभिभावकको सम्झनामा ‘‘असहाय बृद्ध कल्याण समाज’’ लाई खाद्यान्न सहयोग , भिडियो सहित

चितवन १५ आश्विन। हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं नजिकिदै गर्दा असहाय बृद्ध कल्याण समाजका लागि स्वर्गीय आमा बुवाको सम्झनामा छोरी सुजाता पाठकले खाद्यान्न सहयोग गरेका छन । चितवन राप्ती ८ हाल फ्रान्स निवासी सुजाता पाठक र ज्वाई कुमार थापाले अभिभावक स्व दर्शन राज पाठक र स्व राधा कुमारी पाठकको सम्झनामा र न पा १३ मा रहेको असहाय बृद्ध कल्याण समाजलाई नेवारी चामल ३ बोरा , घरमा पेलिएको शुद्ध तोरीको तेल ५ लिटर , मुसुरोको दाल ३ केजी , नुन एक पोका , चना १ केजी , केराउ १ केजी , बोडी १ केजी , मिस्रि २ केजी , नरिवल…
Read More
विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता

विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता

ललितपुर,१५ असोज । गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उहाँ भन्नुहुन्छ, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने रु” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्नुहुन्छ, पानी नआएपछि निरास हुनुहुन्छ उहाँ । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म नआउने हो रु तनावै गरायो,” उहाँ भन्नुहुन्छ । गोदावारी–१० प्याङ्गाउँकै रीता अर्याललाई पनि धारामा पानी नआउँदाको छटपटी उस्तै छ । पानी आउला कि भन्ने आशामा बसेको चार दिन बितिसक्यो । “खानेपानी नहुँदा गुजारा टार्नै गाह्रो हुने भयो, विपद् पीडितहरुको…
Read More
काठमाडौँंको ‘लाइफलाइन’ पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति, यात्रा जोखिमपूर्ण

काठमाडौँंको ‘लाइफलाइन’ पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति, यात्रा जोखिमपूर्ण

धादिङ,१५ असोज । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन् । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुप¥यो । झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुप¥यो । झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन । राजमार्गको घुम्तीघुम्तीमा…
Read More
इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

काठमाडौँ,१४ असोज ।  चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
Read More
राजधानीमा महिला किसान सिकाइ शिविरमा समीक्षा  जनक कार्की

राजधानीमा महिला किसान सिकाइ शिविरमा समीक्षा जनक कार्की

काठमाडाैं । राष्ट्रिय किसान समूह महासंघको आयोजनामा महिला किसान मञ्चको ६ दिने सिकाई शिविरको अन्तिम दिन समीक्षा कार्यक्रमको आयोजना गरिएको छ । ६ दिनसम्म सिकाई शिविरमा रही महासंघका ५ वटा मुख्य एजेण्डामाथि बिस्तृत रुपमा छलफल गर्नुका साथै सिकाईका विविध प्रकृयाहरु अपनाएर शिविरमा सिकेका कुराहरु समीक्षा कार्यक्रममा व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघको तहगत संरचना अन्तर्गत महिला किसान मञ्चको गठन गर्नुका साथै संगठनको सुदृढीकरण र सवलिकरण गिरएको हो ।  महिला किसान मञ्चका संयोजक अनिता बस्नेतको अध्यक्षतामा संचालन गरिएको यस कार्यक्रममा सिकाई शिविरका सिकाईहरु ग्यालरी प्रदर्शनी, प्रस्तुतिकरण एवं प्यालन छलफलका माध्यमद्धारा प्रस्तुत गरिएको थियो । यस सिकाई शिविरमा महिला…
Read More
सेवा नेपालको अध्यक्षमा टीकाकुमारी अधिकारी चयन

सेवा नेपालको अध्यक्षमा टीकाकुमारी अधिकारी चयन

रत्ननगर । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)को अध्यक्षमा टीका कुमारी अधिकारी चयन भएकी छन् । गैंडाकोटमा आयोजना गरिएको संस्थाको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा अधिकारी, सचिवमा शैलजा घिमिरे पौडेल, कोषाध्यक्षमा इन्दिरा वाग्ले, सहसचिवमा तुलसी थापा र सदस्यहरुमा कल्पना रिमाल, इन्द्रकुमारी भूषाल, चन्द्राकला अधिकारी, शारदा केसी रायमाझी, चनवती श्रेष्ठ, रेखा सुनार चयन भएका छन् । सेवा नेपालको संस्थापक अध्यक्षमा निर्वतमान अध्यक्ष पार्वती न्यौपाने रहेकी छन् । सेवा नेपालको कार्यक्षेत्र छ वटा प्रदेशको प्रतिनिधित्व हुने गरी सर्वसम्मत रुपमा समिति चयन गरिएको सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी…
Read More
रत्ननगर रेडक्रसको २७औं साधारण सभा

रत्ननगर रेडक्रसको २७औं साधारण सभा

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरको २७औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरि पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा कोषाध्यक्ष चन्द्रकान्त ओझाले आर्थिक प्रतिवेदन तथा सहकोषाध्यक्ष बलभद्र घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपशाखाका विशिष्ठ सदस्यहरु डा. कृष्णप्रसाद पौडेल र नवराज तिमिल्सिनालाई सम्मान गरिएको थियो । सो अबसरमा जिल्ला सभापति पौडेलले मानवीय सेवा कार्यमा रेडक्रसले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै विपद्मा उद्दार र राहत वितरण कार्यमा रेडक्रस अग्रणी स्थानमा उभिदै आएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी निर्वतमान उपमेयर विमला दुवाडी, वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी, वडा…
Read More