संसद् पुनर्स्थापनाको पक्षमा एमालेको प्रदर्शन
संसद् पुनर्स्थापनाको पक्षमा चितवनमा नेकपा एमालेले जनसभा तथा प्रदर्शन गरेको छ । नेकपा एमाले चितवनले शनिबार नारायणगढ, पोखरा बसपार्कमा आयोजना गरेको जनसभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले फागुन २१ गते निर्वाचन नभए प्रतिक्रान्तिलाई पूर्णता दिन चाहने शक्तिले सुशीला कार्कीलाई हटाउने बताए । सुशीला कार्की नेतृत्वको सरकारले गर्ने भनेको फागुन २१ को निर्वाचन नाटकमात्रै भएको उनले बताए । उनले भने, ‘प्रतिक्रान्तिलाई वैधता दिन रचिएको ‘हनी ट्रयापिङ’ हो, ठूला दलहरु यस्तोमा पर्दैनन् । उपाध्यक्ष बादलले फागुन २१ को निर्वाचन देशमा स्थापित दल र तिनका नेतालाई फसाए मात्र हुने नत्र नहुने बताए । भदौ २३ र २४ को आन्दोलन पश्चिमा साम्राज्यवादी शक्तिहरुले गराएको…