नेता-कार्यकर्तालाई ओलीको निर्देशन-आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार (पुस ४) सम्बोधन गर्दै ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्याउने दृढता व्यक्त गरेका हुन् । ‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । केही केही समस्याहरू समय समयमा पार्टीभित्र थोरै देखापर्ने पनि गरेका छन् । आगामी दिनमा हामी त्यस्ता खालका कमजोरीहरू कुनै पनि प्रकट नहुन भन्ने कामना गर्दछौँ,’ ओलीले भने । पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै ओलीले आगामी दिनमा त्यस्ता खालको कुनै पनि कमजोरी हुन नदिने बताए । नवनिर्वाचित केन्द्रीय…