वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण
बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण गरेको छ । डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलकाअनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलस्थित ऊँ वृद्धाश्रम, हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौँडा उपमहानगरपालिका–५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौँडा उपमहानगरपालिका–१० राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको छ । विभिन्न सामुदायिक वनहरूसँगको सहकार्यमा वन कार्यालयले दाउरा बाँडेको हो । यसैबीच, चिसोका कारण यहाँका ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका छन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । अस्पतालमा दैनिक…