सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु

सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ । आज बिहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप पालले मार्च शुभारम्भ गर्नुभयो । सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्यका साथ उक्त झण्डा मार्च थालिएको हो । सशस्त्र…
Read More
विद्यार्थी बोकेको जीप दुर्घटनाः २ विद्यार्थीको मृत्यु, ९ घाइते

विद्यार्थी बोकेको जीप दुर्घटनाः २ विद्यार्थीको मृत्यु, ९ घाइते

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गर्दा जीप दुर्घटना हुँदा २ जना विद्यार्थीको मृत्यु भएको हो । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप दसर्घटना भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा ९ जना विद्यार्थी भने घाइते भएका छन्…
Read More
भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी

कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहको सिफारिसमा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो । भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्न रु १२ करोड ७० लाख रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ २१ विद्यालय र पाँच स्वास्थ्य भवन निर्माण गर्न बजेट उपलब्ध भएको उहाँले जानकारी दिनुभयो । सात स्थानीय तहमा भूकम्पबाट भत्किएका विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको थियो । बारेकोट गाउँपालिकामा बारेकोट–१ को…
Read More
रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् । सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन ९इभी माइक्रो० नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेकोे भन्सार कार्यालयले जनाएको छ । यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् । गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया…
Read More
गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।जिल्लाको गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताउनुभयो । ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी गुरुङले बताउनुभयो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।
Read More
बझाङ एमालेबाट ऎन महरसहित तीन जना सिफारिस

बझाङ एमालेबाट ऎन महरसहित तीन जना सिफारिस

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले बझाङले केन्द्रीय सदस्य ऎन महरसहित तीन जनाको नाम सिफारिस गरेको छ । पार्टीको छैटौँ पूर्ण बैठकले महरसहित मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार केन्द्रीय सदस्य महर पहिलो नम्बरमा छन् । यस्तै, जिल्ला कमिटीका पूर्वउपाध्यक्ष तथा अहिलेका सदस्य जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री दोस्रो र तेस्रो नम्बरमा छन्। सिफारिसमा परेका महर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग झिनो मतले पराजित भएका थिए । अखिलका पूर्वअध्यक्ष महर बझाङका लोकप्रिय नेता हुन् ।
Read More
निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुनेगरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ । आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुनेगरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन…
Read More
नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको महाधिवेशन सौराहामा

नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको महाधिवेशन सौराहामा

भरतपुर । नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघाराँै केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । शनिबारदेखि सुरु भएको महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित हुनेछ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे आफु जानकार रहेको बताए । उनले उद्यम क्षेत्रमा लगानी गर्ने वातावरण नबन्दा आर्थिक तरलता बढेको बताए । सरकारले लगानीको सुरक्षा गर्न सके मात्रै तरलता कम गर्न सकिने भन्दै उनले नेपाली कांग्रेस बलियो भएमात्रै देशको अर्थतन्त्र, राष्ट्रियता बलियो हुने दाबी गरे । ‘नेपाली कांग्रेस कमजोर भएको छ, तब…
Read More
जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’ कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बीचमा भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको सानो एककोठे घरमा उहाँको बसोबास छ । १५ सन्तान र ४१ नाति–नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवन बाँच्ने सहारा भने कान्छा छोरा लच्छुमान नै हुनुहुन्थ्यो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताका विरुद्ध जेनेरेसन–जेड (जेनजी) युवाको आह्वानमा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा ३९ वर्षीय लच्छुमान राई सहिद हुनुुभयो । आठ छोरा र सात छोरीमध्येका कान्छा लच्छुमानले राष्ट्रका लागि दिनुभएको बलिदानलाई पत्याउन…
Read More
कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गर्नुभएको छ । उहाँहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा ध्यानाकर्षण गराउनुभएको हो । साथै उहाँहरुले गत भदौ २३ देखि २४ गतेपछिको विशेष राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनःनिर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभएको छ । रासस
Read More