स्वास्थ्य बिमा प्रभावकारी बनाउन ईएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड
काठमाडौं, जेठ २ – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीलाई थप व्यवस्थित, एकरूप र सुदृढ बनाउनुपर्ने बताएकी छन् । रास्वपाको संसदीय दलको समन्वयमा स्वास्थ्य विभागद्वारा आयोजित ‘स्वास्थ्य बिमा किन थला पर्यो ? उत्तर खोजौँ’ विषयक नीति मन्थन कार्यक्रममा बोल्दै शेरचनले स्वास्थ्य बिमालाई संवेदनशील र विश्वसनीय बनाउन ईएमआर प्रणाली सुधार अपरिहार्य रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘स्वास्थ्य बिमालाई हामीले थप संवेदनशील बनाउनुपर्छ । इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीलाई चुस्त–दुरुस्त र एकरूप बनाउनु आवश्यक छ । यदि हामीले ईएमआर प्रणालीलाई सुदृढ बनाउन सकेनौँ भने अनावश्यक क्लेमहरू आउने क्रम जारी रहन्छ…