रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
चितवन, असार ३- चितवनस्थित होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन् । सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् । आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम महाधिवेशन हुनगइरहेको छ । सो महाधिवेशन आउने अतिथिहरुका सम्मानमा कुनैपनि प्रकारको कमी हुन नदिन यहाँस्थित होटल व्यवसायीले सक्रियता देखाएका छन् । होटल व्यवसायि सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले यहाँ आयोजना हुन गइरहेको रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि आवासमा २५…