वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण

वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण

वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण

सरकारले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण थालेको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा उक्त कार्ययोजना निर्माणको काम अघि बढेको हो । त्यसका लागि प्राधिकरणले एक कार्यदल नै गठन गरेको छ । कार्यदलले कार्ययोजनाको मस्यौदा निर्माण गरी सुझाव सङ्कलन गरिरहेको छ । वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८२ एवं कार्ययोजना, २०८२- ८३–२०९१/९२ तर्जुमा गर्न गठित कार्यदलको आइतबारको बैठकले उक्त कार्ययोजना निर्माणमा विभिन्न निर्णयसमेत गरेको छ । कार्यदलको बैठकले विभिन्न सरोकारवाला निकायबाट प्राप्त संस्थागत सुझावहरू सम्बन्धमा छलफल गर्दै ती सुझाव समेटेर केही दिनभित्रै रणनीतिलाई अन्तिम रूप दिने…
Read More
एमालेमा मन र मत मिलाउने प्रयास

एमालेमा मन र मत मिलाउने प्रयास

“अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन मिलाउनुस् मन….’’, दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो । पछिल्लो दोस्रो विधान महाधिवशनबाट पारित विधानलाई संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको सङ्ख्या थप गर्नेरनगर्ने विषयमा गरमागरम बहस चलिरहेको थियो । यही मङ्सिर २६ गतेको पार्टीको सचिवालयको बैठकमा आधिकारिरूपमा ११ औँ राष्ट्रिय महाधिवेशनमा विधान संशोधनको प्रस्ताव नलाने निर्णय भए पनि महाधिवेशनको बन्दसत्र सुरु अघि भृकुटीकण्डपमा भएको केन्द्रीय कमिटीको बैठकमा ‘फ्लोर’ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईबाट विधान संशोधनको प्रस्ताव आएको थियो । त्यसपछि केन्द्रीय सदस्यहरूले विधान…
Read More
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख शाह

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख शाह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पार्नुभयो । उहाँले महानगरको कार्यसम्पादन र प्रगतिबारे कार्यक्रममार्फत जानकारी दिनुभयो । प्रमुख शाहका अनुसार महानगरबाट धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ । ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएका छन् । साथै पाँच हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ ।…
Read More
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छः गृहमन्त्री अर्याल

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभएको छ । पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताउनुभयो । “वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएको हो, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ, फागुन २१ मै निर्वाचन सम्पन्न हुन्छ ।” निर्वाचनका लागि विश्वासको वातावरण सृजना गर्न सरकारका तर्फबाट राजनीतिक दलसहित सरोकार भएका पक्षहरूसँग वार्ता र संवाद भइरहेको…
Read More
२ लाख ६० हजार नाघ्यो सुनको मुल्य

२ लाख ६० हजार नाघ्यो सुनको मुल्य

सुनको मूल्यले सोमबार तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ। अघिल्लो दिन तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको सुनको मूल्य आज सोमबार २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको हो ।
Read More
चितवनको कालिका नगरपालिकाको चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

चितवनको कालिका नगरपालिकाको चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

चितवनको कालिका नगरपालिकाको चक्रपथ रिङ रोड भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नं ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गर्नुभयो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६५० मिटर कालोपत्र सडक र दुई हजार ६५० मिटर पक्की नाला निर्माणको शुभारम्भ आइतबार गर्नुभएको हो । नगरप्रमुख रेग्मीले विकास निर्माणमा सबैलाई सघाउन आग्रह गर्नुभयो । यो सडक निर्माणले वैकल्पिक सडकमार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एवं न्यूनीकरण कम गर्न, रणनीतिक हिसाबले कालिका नगरपालिकाको आर्थिक रूपमा टेवा पुर्याउने विश्वास व्यक्त…
Read More
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना एक्याप लोमान्थाङ सहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपी र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री…
Read More
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

नेपाल कम्युनिष्ट पार्टी एमालेले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो । आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ । मनोनयनपछि आजै दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र…
Read More
सडक पूर्वाधार केन्द्रित चितवनका स्थानीय तह

सडक पूर्वाधार केन्द्रित चितवनका स्थानीय तह

तपाईंको कार्यकक्षमा सबैभन्दा धेरै कस्ता योजना माग गर्ने महानगरबासी आउँछन्? भन्ने प्रश्न पूरा हुन नपाउँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको मुखबाट फ्याट्ट जवाफ निस्कियो ‘सडक’। दाहालको जवाफलाई भरतपुर महानगरपालिकाको तथ्यांकले पनि पुष्टि गर्छ। पछिल्लो आठ वर्षमा महानगरपालिकाले एक हजार एक सय ४६ किलोमिटर सडक कालोपत्र गरेको दाहालको सचिवालयले जनाएको छ। यसका लागि महानगरपालिकाले नौ अर्ब रुपैयाँ बराबरको रकम खर्चिएको पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर सन्तोष आचार्यले बताए। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै महानगरपालिकाले यातायात पूर्वाधारमा एक अर्ब २५ करोड ६६ लाख ७५ हजार सात सय ६९ रुपैयाँ खर्च गरेको छ। जुन महानगरपालिकाको कुल खर्चमध्ये ३१.१४ प्रतिशत हो। सो अवधिमा…
Read More
एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाइयो, अब १९ पदाधिकारी, कुनको संख्या कति ?

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाइयो, अब १९ पदाधिकारी, कुनको संख्या कति ?

इतर पक्षको असहमतिबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएका छन् । यसअघि विधान संशोधन गरेर १५ मा झारिएको थियो । तर, अध्यक्ष ओलीले नेता व्यवस्थापनको सहजताको लागि पदाधिकारीको संख्या पहिलेजत्तिकै १९ बनाउने प्रस्ताव केन्द्रीय समितिबाट पारित गराएका हुन् । पछिल्लो पारित प्रस्तावअनुसार अब वरिष्ठ उपाध्यक्ष पद हुने छैन । तर, एक अध्यक्ष, पाँच उपाध्यक्ष, १ महासचिव, तीन उपमहासचिव र ९ सचिव गरी पदाधिकारी १९ बनाउन निर्णय केन्द्रीय कमिटीबाट गरिएको हो, जसमा ३३ स्थायी कमिटी र ९९ पोलिटब्युरो र ३०१ केन्द्रीय सदस्य हुनेछन् । ओलीको यो प्रस्तावको विपक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य,…
Read More