नागरिक लगानी कोषको साधारणसभा सम्पन्न
नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१र८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश(नगदसमेत)वितरणको प्रस्ताव पारित गरेको हो । कोषको गत आवको कर पछिको खुद नाफा रु एक अर्ब २५ करोड ६० लाख रहेको छ । जसमध्ये रु २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा रु दुई खर्ब ६६ अर्ब ६५ करोड खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम रु दुई खर्ब ९६…