झापामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि एउटा घर खोजिएको छ । रास्वपा जिल्ला सभापति प्रकाश पाठकका अनुसार सम्पर्क कार्यालयका लागि एउटा घर छनोट गरिएको हो । ‘दमक ३ मा घर फाइनल गरेको छ,’ उनले भने । उक्त घर ऐतिहासिक हुने पाठकले बताए । तर बालेनको टिमले भने हेर्न बाँकी छ ।
आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाइँदैछ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । शारीरिक, मानसिक, सामाजिक र आत्धात्मिक स्वास्थ्यका लागि योग अपरिहार्य बनेको छ । राष्ट्रिय योग दिवसको सन्दर्भमा योगको विभिन्न आयामबारे योग तथा प्राकृतिक चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय, योग विज्ञान स्नातकोत्तर कार्यक्रमका प्राडा क्षितिज बराकोटीसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः योग शब्दको उत्पत्ति जोडबाट सुरु भएको छ । योगको गहिरो अर्थ चै ‘समाधि’…
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । यही माघ ४ गते काठमाडौँको भृकुटीमण्डपबाट जनप्रदर्शनसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामार्फत् अभियान थालिने छ । सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि सुरक्षित वातारण बनाउन सरकारसँग आग्रह गर्नुभयो । प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट…
माघको कठ्याङिग्र्दोँ जाडोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यतिबेला गाउँगाउँमा रमाइलो वातावरण बनेको छ । माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त छन् । गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र सामूहिक रूपमा पर्व मनाउने तयारी भइरहेको छ । सिरहाको लहान र धनगढीमाई नगर क्षेत्र, जहाँ थारु समुदायको बाक्लो उपस्थिति छ, त्यहाँ एक हप्ताअघिदेखि नै तयारी सुरु भइसकेको थियो । लहानका वानोगाउँ, गोठटोल, पडरिया र बर्छवालगायतका स्थानमा माघी मेलाको…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको लुम्बिनी प्रदेशमा विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति भएको बताउनुभएको छ । माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ता सांस्कृतिक पर्वको प्रवद्र्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । साथै उहाँले संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँने परम्परा रहेको तथा मगर, यादवलगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्वको भएको उल्लेख गर्दै उहाँले मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने सन्देशमा बताउनुभएको छ । रासस
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनतोलामा १५ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन हिजो (पुस ३०) गते सुन दुई लाख ७८ हजार रुपैयाँ कारोबार भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च थियो । त्यस्तै, चाँदीको मूल्य आज पाँच हजार ४८५ रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा १७० रुपैयाँले घटेको हो । बुधबार पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
भक्तपुरका बौद्ध धर्मालम्बीहरुले दानमध्येको महादान ‘सम्यक दान पर्व’ मनाउँदै छन् । बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते सो पर्व मनाउँदै आएका जनाइएको छ । सम्यक महादान व्यवस्थापन सहयोग समितिद्वारा संयोजित पर्वमा करिब दुई हजार भिक्षुलाई महादन गर्ने लक्ष्य रहेको छ । समितिका अध्यक्ष गणेश बज्राचार्यले पाँच दीपकङ्र बुद्धका मूर्तिहरुलाई भक्तपुर परिक्रमा गराएर भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार ९ययुबही० परिसर भुइख्यमा मध्यान्हमा ल्याएर बौद्ध परम्पराअनुसार सम्यक महादान पर्व मनाइने जानकारी दिनुभयो । पाँच दीपकङ्र बुद्धका मूर्तिहरुलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरुलाई प्रसाद, चामललगायत विभिन्न परिकारहरु दान दिने र पाँच…
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ । पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने कामसम्पन्न गरी दोस्रो चरणमा पर्वत खण्डमा मर्मतको काम थालनी गरिएको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिनुभयो । बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको ठाउँहरुमा मर्मतसम्भार र आवश्यक ठाउँमा कालोपत्र र टालटुलको काम भइरहेको…
बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ । बाँकेमा दुई दिन सम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो । विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनापछि जथाभावी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिनुभयो । उहाँले बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनियाघाट, तालतलैया तथा जलाशय क्षेत्रमा जलपन्छीको गणना गरिएको उल्लेख गर्दै नेपालगन्जमा रहेको कान्तितालमा विगतमा भन्दा जलपन्छी घटेको पाइएको बताउनुभयो । “पहिलेको वर्षमा ५५ प्रजातीका जलपन्छी देखेका थियौँ तर अहिले त्यो अवस्था घटेको देख्यौँ”, उहाँले भन्नुभयो ।…
“ढुङ्गे साँघुको मेलामा…. भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको छ । हरेक वर्ष माघ १ गते लाग्ने माघेसङ्क्रान्ति मेला यहाँको केवल उत्सव मात्र होइन यो त पुर्खाको सभ्यता र प्रकृतिको अद्भुत ‘इन्जिनियरिङ’को कला पनि हो । सेती नदीको गहिरो खोँचमाथि एउटै विशाल शिलामा प्राकृतिक रूपमा तेर्सिएर बनेको यो साँघु मानवीय श्रमबिनै निर्मित एक अद्भुत सेतु हो । आधुनिक सिमेन्ट र फलामे पुलहरू बन्नुअघि निर्मलपोखरी, भरतपोखरी र…