राजधानीमा महिला किसान सिकाइ शिविरमा समीक्षा जनक कार्की
काठमाडाैं । राष्ट्रिय किसान समूह महासंघको आयोजनामा महिला किसान मञ्चको ६ दिने सिकाई शिविरको अन्तिम दिन समीक्षा कार्यक्रमको आयोजना गरिएको छ । ६ दिनसम्म सिकाई शिविरमा रही महासंघका ५ वटा मुख्य एजेण्डामाथि बिस्तृत रुपमा छलफल गर्नुका साथै सिकाईका विविध प्रकृयाहरु अपनाएर शिविरमा सिकेका कुराहरु समीक्षा कार्यक्रममा व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघको तहगत संरचना अन्तर्गत महिला किसान मञ्चको गठन गर्नुका साथै संगठनको सुदृढीकरण र सवलिकरण गिरएको हो । महिला किसान मञ्चका संयोजक अनिता बस्नेतको अध्यक्षतामा संचालन गरिएको यस कार्यक्रममा सिकाई शिविरका सिकाईहरु ग्यालरी प्रदर्शनी, प्रस्तुतिकरण एवं प्यालन छलफलका माध्यमद्धारा प्रस्तुत गरिएको थियो । यस सिकाई शिविरमा महिला…