चितवनमा जुवा खेलिरहेको अवस्थामा रास्वपा जिल्ला सदस्यसहित ११ जना पक्राउ
चितवन, साउन १७- चितवनको भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला कमिटी सदस्य मनोज पौडेलसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ अष्टभुजा पेट्रोल पम्प नजिक रहेको ‘विकल्प खाजा घर’मा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उक्त खाजा घर तनहुँका कमलबहादुर न्यौपानेले सञ्चालन गर्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार जुवा खालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा रास्वपा चितवन जिल्ला कमिटी सदस्य मनोज पौडेल, खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने, ध्रुव कोइराला, रबिन काफ्ले, सुरेश…