हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ । नेकपाले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निष्काशन गरिएको जनाएको छ । रासस
Read More
इन्डोनेसियामा भीषण पहिरोः ७ जनाको मृत्यु, ८२ जना बेपत्ता

इन्डोनेसियामा भीषण पहिरोः ७ जनाको मृत्यु, ८२ जना बेपत्ता

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शनिबार गएको पहिरोमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८२ जना अझै बेपत्ता छन्। इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका अनुसार पश्चिम बाङडुङ क्षेत्रमा यो प्राकृतिक विपत्ति आइलागेको हो। बेपत्ता हुनेहरूको संख्या धेरै भएकाले अहिले उद्धार र खोजी कार्यलाई तीव्रता दिइएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिएका छन्। जाभा टापुमा दुई महिनाभित्र गएको यो दोस्रो ठूलो पहिरो हो। यसअघि गत नोभेम्बर १३ मा सिबेयुनिङ गाउँमा भारी वर्षापछि गएको पहिरोमा ११ जनाले ज्यान गुमाएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाको मौसम विज्ञान विभागले पश्चिम जाभामा शुक्रबारदेखि नै एक सातासम्म भारी वर्षा र चरम मौसमी अवस्था रहने चेतावनी दिएको…
Read More
आज अन्तरराष्ट्रिय शिक्षा दिवस

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड…
Read More
दिनेशकुमार मेहेतो भन्छन्: भगवान् बेचेरै परिवार पालेँ, पाप हो या पुण्य थाहा छैन’

दिनेशकुमार मेहेतो भन्छन्: भगवान् बेचेरै परिवार पालेँ, पाप हो या पुण्य थाहा छैन’

चाउरी परेका गाला, निधारभरि उमेरका रेखा तर अनुहारमा कहिल्यै नओइलाउने मीठो मुस्कान । उमेरले आठ दशक नाघ्नै लागे पनि जोस र आत्मविश्वास भने अझै जवान छ । विराटनगर–बरगाछीस्थित जय माँ काली मूर्तिकला केन्द्रभित्र पस्ने जो–कोहीलाई पहिलो नजरमै लाग्छ—यो कुनै थाकेको वृद्धको संसार होइन, आफ्नै श्रम र विश्वासले बनाएको एउटा जीवित कलाको दुनियाँ हो । यही संसारका सर्जक हुनुहुन्छ, ८० वर्षीय दिनेशकुमार मेहेतो । हातमा माटो, आँखामा भगवान्को आकृति र मनमा निरन्तर सिर्जनाको ऊर्जा बोकेर बसेका मेहेतोको दिन आज पनि उस्तै व्यस्त छ । बिहानदेखि साँझसम्म मूर्तिकलामै डुबिरहने उहाँको जीवनशैली हेर्दा उमेरले कहिल्यै छोएन जस्तो लाग्छ । “उहाँको जोस देख्दा १६–१७…
Read More
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल

मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल

गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका–८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मा¥यो । डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन क्षेत्रमा चर्दै गरेको सबै बाख्रा आधा घण्टामै चितुवाको सिकार बने । सोमबार पनि देवस्थली गाउँमा एकैठाउँमा चितुवाले तीन बाख्रा मारेको अवस्थामा फेला परे । घर नजिकै चरिरहेका बाख्रा छोडेको एक घण्टामै मारेको फेला परेका थिए । तीन सातामा अदुकाली, घोडादाउना, दुवाली, कोइरालकोट र देवस्थलीमा मात्रै चितुवाले दुई दर्जनभन्दा बढी पशुचौपाया नोक्सान गरेको थियो । राष्ट्रिय निकुञ्जबाट दशौँ किलोमिटर टाढाको कालापानी बिसौनामा गत वर्ष पनि ठूलो सङ्ख्यामा बाख्राको नोक्सान भएको थियो । थलारा…
Read More
राष्ट्रियसभामा तीन अध्यादेश पेस

राष्ट्रियसभामा तीन अध्यादेश पेस

राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गर्नुभएको छ । बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्नुभएको हो । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नुभएको छ यसैगरी विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुभएको थियो…
Read More
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुनेक्रम बढ्दो

वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुनेक्रम बढ्दो

नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ । सरकारको वार्षिक बजेट पुस्तिका (रातो किताब) मा समावेश हुने रकमलाई बजेट–भित्र (अन बजेट) र रातो किताबमा समावेश नभईकन खर्च हुने रकमलाई बजेट–बाहिर (अफ–बजेट) को खर्च मानिन्छ । त्यस्तै, रातो किताबमा समावेश भएको रकम पनि केही सरकारको ढुकुटी अर्थात् सञ्चित कोष प्रणालीमार्फत ९अन–ट्रेजरी ० खर्च हुने गरेको छभने ठूलो रकम कोष बाहिर (अफ–ट्रेजरी) खर्च हुने गरेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘डेभलपमेन्ट कोअपरेसन रिपोर्ट–२०२२÷२३’ अनुसार उक्त आर्थिक वर्षमा नेपालले पाएको कुल विकास सहायता रकमको साढे २२ प्रतिशत…
Read More
नारायणी नदीमा एक युवकको शव फेला

नारायणी नदीमा एक युवकको शव फेला

नारायणी नदीमा एक युवकको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा अन्दाजी २८/२९ वर्षीय सुदिप थापा मगरको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिका–२९ निवासी सुदिप हिजो (बिहीबार) नारायणी नदीमा हामफालेर बेपत्ता भएका थिए । उनको शव आज दिउँसो १२ः४५ बजे नदीमा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Read More
कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन्। सभापतिमा निर्वाचित भएपपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन्। पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ।
Read More
बाबुरामले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता

बाबुरामले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। उनले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे। गोरखा २ का जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए। उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यहाँ एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन्।
Read More