हुवावेले चितवनमा इन्टरप्राइज आईसीटी समाधान सार्वजनिक गर्यो
चितवन, जेठ २५- हुवावे नेपाल र एस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि.को संयुक्त आयोजनामा चितवनको भरतपुरमा “डिजिटल रूपान्तरणमार्फत उद्यम सशक्तिकरण” विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हुवावेले आफ्नो नवीनतम इन्टरप्राइज आईसीटी समाधानहरू प्रस्तुत गर्दै विभिन्न उद्योग तथा संस्थाहरूलाई डिजिटल प्रविधिमार्फत अझ सुरक्षित, प्रभावकारी र स्मार्ट बनाउने उपायहरूबारे जानकारी दिएको हो। सत्रहरूमा आधुनिक क्याम्पस नेटवर्किङ, साइबर सुरक्षा, साना तथा मझौला व्यवसायका लागि Huawei eKit समाधान, उन्नत आईटी पूर्वाधार तथा डिजिटल रूपान्तरणका व्यावहारिक पक्षहरूमा प्रस्तुति तथा छलफल गरिएको थियो। हुवावे नेपालका प्रतिनिधिहरूले डिजिटल रूपान्तरणले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए। उनीहरूले भरपर्दो आईसीटी पूर्वाधारले सेवा प्रवाह, सुरक्षा र…