जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर, साउन १४– हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ । जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्रीको राजीनामा पनि माग गरेका छन्। उनीहरुले हिन्दु राष्ट्र कायम गर हिन्दु मार्न पाइँदैन, मुस्लिम आयोग खारेज गर लगायतका नारा लगाउँदै जनकपुर बजार बन्द गराउँदै हिँडेका छन्। जनकपुरधामको सम्पूर्ण बजार अहिले ठप्प बनेको छ । प्रत्येक चोकमा ठूलो संख्यमा प्रहरी प्रशासन तथा सेना परिचालन गराइएको छ । बजार बन्दले सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित बनेको छ। न्यूज बैंक
Read More
रत्ननगर नगरपालिकामा कर्मचारी हेरफेर, अधिकांश वडाका सचिव फेरिए

रत्ननगर नगरपालिकामा कर्मचारी हेरफेर, अधिकांश वडाका सचिव फेरिए

रत्ननगर, साउन १४– रत्ननगर नगरपालिकाले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरूको व्यापक हेरफेर गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको नयाँ कर्मचारी विवरणअनुसार अधिकांश वडाका वडा सचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो। नगरपालिकाले लामो समयदेखि एउटै वडा तथा शाखामा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाएको जनाएको छ। नयाँ जिम्मेवारीअनुसार वडा नं. १ को वडा सचिवमा पदमराज सापकोटा, वडा नं. २ मा प्रदीप खरेल, वडा नं. ३ मा टिका रेग्मी, वडा नं. ४ मा बासुदेव रिजाल र वडा नं. ६ मा पुष्पराज आचार्यलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी वडा नं. ७ मा शंकरबहादुर गिरी, वडा नं. ८ मा केशवराज शर्मा, वडा नं. ९…
Read More
भाले गैँडाको अभावमा कोशी टप्पुमा गैँडा प्रजनन योजना रोकियो

भाले गैँडाको अभावमा कोशी टप्पुमा गैँडा प्रजनन योजना रोकियो

चितवन, साउन १४– चितवन राष्ट्रिय निकुञ्जबाट २०८० असोजमा कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका दुई पोथी एकसिंगे गैँडा ‘पुष्पा’ र ‘अञ्जली’ प्रजननयोग्य उमेरमा पुगेका छन्। तर, आरक्षमा भाले गैँडा नहुँदा गैँडाको वंश विस्तार गर्ने सरकारी योजना प्रभावित बनेको छ। आरक्षका अनुसार सात वर्षीया पुष्पा र छ वर्षीया अञ्जली अहिले प्रजननका लागि उपयुक्त उमेरमा पुगेका छन्। उनीहरूको व्यवहारमा पनि प्रजननको संकेत देखिन थालेको संरक्षणकर्मीहरूको भनाइ छ। तर भाले गैँडाको अभावले प्रजनन सम्भव हुन सकेको छैन। कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले चाँडै भाले गैँडा ल्याउने तयारी भइरहेको जानकारी दिए। आरक्षमा त्यसका लागि छुट्टै इन्क्लोजर पनि तयार पारिएको…
Read More
सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं, साउन १४- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
Read More
चितवन राष्ट्रिय निकुञ्जका बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण

चितवन राष्ट्रिय निकुञ्जका बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण

चितवन, साउन १४ – सरोकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् । अन्तरराष्ट्रिय बाघ दिवसका अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसारामा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बाघ संरक्षणका लागि सुरक्षा र स्थानीय समुदायको सहभागिता उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बाघको सङ्ख्या वृद्धि र यसको दीर्घकालीन व्यवस्थापन कुनै एक निकाय वा प्रविधिको प्रयासले मात्र सम्भव नहुने धारणा राख्नुभयो । उहाँले निकुञ्ज व्यवस्थापनमा मध्यवर्ती क्षेत्रका बासिन्दा, स्थानीय व्यवसायी, सुरक्षाकर्मी, विद्यार्थी पत्रकार तथा…
Read More
बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन, साउन १३ – बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ । प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिनुभयो । गत वर्ष रु एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु २० लाख अपुग भएकाले प्रयोगशाला बन्द भएको उहाँले बताउनुभयो । कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा सञ्चालन नहुने भएपछि प्रायः न्यून सङ्ख्यामा मात्र बिराम आउने गरेको जानकारी दिनुभयो । यसअघि प्रयोगशालामा दैनिक १३० जना बिरामी आउने गरेका थिए । “जिल्लामा यो प्रयोगशालालाई विश्वासिलो प्रयोगशालाका रूपमा लिने…
Read More
देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

चितवन, साउन १३- देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ । शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको छ । निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृहको काम सकिएको हो । गृहमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । सहरी विकास कार्यालयको रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । देवघाटमा…
Read More
विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

चितवन, साउन १३– ‘बाघको संरक्षण, प्रकृतिको समृद्धि’ भन्ने मूल नाराका साथ विश्व बाघ दिवस २०८३ को अवसरमा चितवनको सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहाको आयोजना तथा कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा कुमरोज सामुदायिक वनको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले बाघको जीवनशैली, यसको महत्व तथा संरक्षणका लागि अपनाउनुपर्ने सावधानीका विषयमा अन्तरक्रिया गरेका थिए। कार्यक्रममा खैरहनी–१३ का वडा अध्यक्ष कुलप्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको थियो भने कुमरोज सामुदायिक वनका अध्यक्ष राजु प्रसाद सिलवालले अध्यक्षता गरेका थिए। कार्यक्रममा खैरहनी–१२ का वडा अध्यक्ष केदारनाथ पन्त, बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल…
Read More
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

काठमाडौँ, साउन १३ – सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य भएकामा जोड दिइएको छ । बैठकमा सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग उहाँले बैठक प्रमुख दलका शीर्ष नेताहरूबाट मार्गदर्शन पाउन तथा देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको बताउनुभयो । उहाँले राजनीतिक रूपमा लड्ने मैदान आ–आफ्ना भए पनि यस्तो विषयमा आरोप–प्रत्यारोप नगरी…
Read More
गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

काठमाडौं, साउन १३ – महाबुद्ध महाविहार शाक्य गुठीको संयोजकत्व तथा महाबौद्ध टोल विकास तथा व्यवस्थापन समितिको आयोजनामा गुरु पूर्णिमाका अवसरमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको महाबुद्ध महाविहारमा विशेष पञ्चदान कार्यक्रम तथा दीपंकर तथागत बुद्धको शोभायात्रा गरिएको छ । महाबुद्ध महाविहार शाक्य गुठीद्वारा काठमाडौं उपत्यकाका विभिन्न महाविहार (बहाः–बही) मा रहेका ८५ जना श्रद्धेय शाक्य स्थविर तथा थायपाज्युहरूलाई पञ्चदान ग्रहण गरिएको हो । कार्यक्रममा दीपंकर तथागत बुद्ध तथा जीवित देवता श्री गणेश र श्री भैरवलाई विराजमान गराई शान्ति, स्वस्ति र जनकल्याणको कामनासहित पञ्चदान अर्पण गरिएको हो । बिहान ८ बजे पञ्चदान कार्यक्रम सुरु भएको थियो भने अपराह्न १२ः३० बजे दीपंकर तथागत बुद्धको…
Read More