चितवनमा बेलुका ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने, राजनीतिक विषय उठाउन नपाइने
चितवन,१५ कात्तिक । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ । साथै, देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने प्रशासनले जनाएको छ । कानून विपरित जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोगलाई निषेध गरिएको छ । मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवं सर्वसाधारणलाई असर पर्ने गरी…