नाम कर्णाली राजमार्ग, अवस्था कच्ची सडकको
कालीकोट,२४ भदौ । बर्खाभरि कर्णाली राजमार्गको यात्रा निकै कष्टकर हुने गरेको छ । यात्रा कष्टकर हुँदा सर्वसाधारण यात्रुले निकै दुःख पाउने गरेका छन् । यसका साथै पटक पटक अवरुद्ध हुने राजमार्गको यात्रा असुरक्षितसमेत हुने गरेको छ । नाम राजमार्गको भए पनि अवस्था भने कच्ची सडकको जस्तै भएको स्थानीयकाे गुनासो छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा पैदल हिँड्ने बाटोसमेत नहुँदा पहिरोमा परेर मानिसको ज्यान जोखिममा पर्ने गरेको छ । रास्कोट नगरपालिका–७ का जैदन रोकायाले आफू सुर्खेतबाट घर फर्कंदा सडकमा पहिरो आएका कारणले पैदल हिँड्ने बाटो नपाउँदा तीन दिनसम्म थुनिएको बताए । उनले भिरको बाटोबाट जानुपर्ने अवस्था आएको भन्दै तीन दिनपछि बल्लतल्ल खुट्टा टेक्ने ठाउँ पाएर…