अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी
चितवन, वैशाख २८- जिल्लाका दुग्ध उत्पादक किसानले रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरुले सो रकम पाउन नसकेका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरुले तीन महिनादेखिको भुक्तानी गरेका छैनन् । उहाँका अनुसार जिल्लाबाट दूध लैजाने उद्योगमध्ये २५ प्रतिशतले नियमित भुक्तानी गर्ने गरेको भए पनि अन्यले भुक्तानी नदिँदा किसानहरु मर्कामा परेका हुन् । जिल्लामा दैनिक ३५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध…