नारायणगढ- मुग्लिन सडक खण्डमा दुई छुट्टाछुट्टै दुर्घटना
चितवन । चितवनकाे नारायणगढ- मुग्लिन सडक खण्डमा आइतबार विहानै दुई छुट्टाछुट्टै दुर्घटना भएका छन् । साे सडक खण्डकाे सिमलतालमा बस र ट्रक ठोक्किएका छन् भने जुगेडीमा तीनवटा सवारी साधन एकआपसमा ठाेक्किएर दुर्घटना भएकाे हाे । आज बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो । दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएका छन भने बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री, ट्रकमा सवार बाराका…