चितवनमा गाडी चलाउँदै गर्दा स्टेरिङमै ढलेका चन्द्रबहादुरले आफ्नो प्राण गुमाएर १४ यात्रुलाई नयाँ जीवन दिए
चितवन,असार १८- भरतपुरबाट वीरगञ्जतर्फ यात्रु बोकेर गन्तव्यतर्फ अघि बढिरहेको एउटा हाइस शुक्रबार अपराह्न चितवनको रत्ननगर–९ स्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक पुग्दा चालकको स्वास्थ्यमा अचानक समस्या देखियो। सवारी चलाइरहेका चालकले अवस्था असहज महसुस गरेपछि हाइसलाई सडक किनारमा सुरक्षित रूपमा रोके। तर त्यसलगत्तै उनी एक्कासी बेहोस भए। हाइस चालक बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ निवासी करिब ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकीलाई तत्काल कृष्ण मन्दिर प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उद्धार गरी एम्बुलेन्समार्फत बकुलहर अस्पताल, टाँडी पुर्यायो। चिकित्सकले स्वास्थ्य परीक्षणपछि अपराह्न ४ः५० बजे उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार बुढाथोकीले समयमै सवारी सडक किनारमा रोकेकाले सम्भावित दुर्घटना टरेको देखिन्छ। उनी बेहोस हुँदा हाइसमा १०…