राप्ती नगरपालिकाको नगर सभा : १ अर्ब १५ करोड बजेट बिनियोजन
राप्ती । राप्ती नगरपालिकाको १४ औं नगर सभा आइतबार सम्पन्न भएको छ । असार १० गते हुनुपर्ने सभा जनप्रतिनिधि बिचको विवादका कारण दुई महिना ढिलो गरि आइतबार भएको हो । नगर सभाले चालु आर्थिक बर्ष २०८१।०८२ का लागि एक अर्ब १५ करोड १३ लाख १० हजार बराबरको बजेट ल्याएको छ । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले चालु आर्थिक बर्षका लागी अनुमानित कुल आयब्यय प्रस्तुत गरेका थिए । उपप्रमुख लामाले पेश गरेको बजेट अनुसार संघीय समानिकरणमा १६ करोड २५ लाख,संघीय राजश्व बाँडफाटमा १४ करोड ७२ लाख, प्रदेश समानीकरणमा १ करोड ७० लाख २४हजार, प्रदेश राजष्ठ बाँडफाटमा ५करोड ८५ लाख ८४ हजार…