कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं : मेयर रेग्मी
कालिका । आज असार १५, मानो रोपेर मुरी फलाउने दिन । देशभरका किसानहरुले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रर्वद्धनका लागि नेपाल सरकारले राष्ट्रिय स्तरमै धान दिवस मनाउँने गरेको छ । आज देशभरका किसानहरुले विभिन्न कार्यक्रमगरी धान दिवस मनायो । कालिका नगरपालिकाका किसानहरुले पनि २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ भव्य कार्यक्रमका बीच मनाइएको छ । कालिका वडा नं. ८ स्थित न्यूरेनी ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाले न्यूरेनीमा आयोजना गरेको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । उहाँले धान रोपेर रोपाइँ महोत्सवको…