महासंघ निर्वाचन : यी हुन् एसोसिएटतर्फ कार्यसमितिका १७ विजयी सदस्य
२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम जारी छ । अहिलेसम्म एसोसिएटतर्फ कार्यसमिति सदस्यको नतिजा सार्वजनिक भएको छ । जसअनुसार सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन् । हेमन्त गोल्छाले १ हजार २ सय २ मत ल्याए । त्यस्तै अम्बिकाप्रसाद पौडेलले १ हजार १ सय ८३, उज्ज्वलकुमार श्रेष्ठ १ हजार १ सय ४६, शक्तिकुमार बेगानी १ हजार १ सय ४२ र ऋषि अग्रवालले १ हजार १ सय २२ मत ल्याएर विजयी भए । यसैगरी राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेल १ हजार ६९, सुशील थापाले १ हजार ५४ मत…